अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले गण्डकीमा अधिकारी र शर्माको यस्तो छ प्यानल  

एमाले गण्डकीमा अधिकारी र शर्माको यस्तो छ प्यानल  

उम्मेदवारी दर्ता सुरु


काठमाडौँ–नेकपा एमाले गण्डकी प्रदेशमा प्यानलसहित उम्मेदवारी दिने तयारी भएको छ । सोमबारबाट सुरु भएको गण्डकी अधिवेशनमा  प्यानल बनाएर उम्मेदवारी दिने तयारी भइरहेको हो । 

सहमतिबाट नेतृत्व चुन्ने सम्भावना नभएपछि मतदानको तयारी भइरहेको छ । गण्डकीको नयाँ नेतृत्वका लागि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षले प्यानल खडा गरेर निर्वाचनमा जाने तयारी गर्नुभएको छ । गुरुङलाई उपाध्यक्ष विष्णु पौडेल र खगराजलाई महासचिव शंकर पोखरेलले साथ दिनुभएको छ । 

एमाले सचिव एवं गण्डकी प्रदेश इञ्चार्ज गोकर्ण विष्टले गण्डकीको अधिवेशनमा कुनै प्यानल नहुने बताए पनि नेताहरुले प्यानल बनाएर निर्वाचनमा जाने तयारी गरेका हुन् । 

उपमहासचिव गुरुङ र स्थायी कमिटी सदस्य  अधिकारीबीच पहिले देखिनै शक्ति संघर्ष र आन्तरिक प्रतिस्पर्धा चल्दै आएको छ । त्यसैले यो अधिवेशनलाई चासोपूर्वक हेरिएको छ । त्यसमाथि पार्टी उपाध्यक्ष पौडेल र महासचिव  पोखरेल पनि जोडिएपछि थप रोचक बन्न पुगेको हो ।

एमाले गण्डकीको प्रथम अधिवेशनमा आजदेखि चुनावी प्रक्रिया सुरु भएको छ । 

निर्वाचन कार्यक्रम अनुसार अहिले उम्मेदवारी दर्ता भइरहेको छ । उपमहासचिव गुरुङको समर्थनमा हालका प्रदेश अध्यक्ष नवराज शर्माले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनु हुनेछ भन स्थायी समिति सदस्य अधिकारीको समर्थनमा केन्द्रीय सदस्य मायानाथ अधिकारीले अध्यक्षमा उम्मेदवारी दिनुहुने भएको छ ।

शर्माको समूहबाट उपाध्यक्षमा मिनप्रसाद गुरुङ, सचिवमा धनन्जय दवाडी तथा उपसचिवमा  दामबहादुर विक र पर्वतकी मन्जु अधिकारीले उम्मेदवारी दिनुहुनेछ । यस्तै अधिकारीको समूहबाट उपाध्यक्षमा बाबुराम विक, सचिवमा रश्मी आचार्य, उपसचिव सन्तोष रावल र  मीना गुरुङले उम्मेदवारी दिने पक्का भएको जनाइएको छ । 

यस्तै गण्डकीमा सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालको छुट्टै गुट रहेको छ । उक्त समूहमा स्थायी कमिटी सदस्य किरण गुरुङ, केन्द्रीय सदस्य भगवती न्यौपाने लगायत हुनुहुन्छ । उक्त समूहले जसलाई समर्थन गर्यो गन्डकीमा त्यहि विजयी हुने बताइएको छ ।  

नेतृत्व चयनको लागि बुधबार साँझ ५ बजेबाट निर्वाचन हुनेछ ।

गण्डकीको नयाँ नेतृत्व चयनका लागि आज साँझ ५ बजेदेखि मतदान हुने एमाले गण्डकीले जनाएको छ ।