अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले गण्डकीको नयाँ नेतृत्वका लागि आज मतदान  हुँदै

एमाले गण्डकीको नयाँ नेतृत्वका लागि आज मतदान  हुँदै

अध्यक्षमा शर्मा र अधिकारीबीच प्रतिस्पर्धा


काठमाडौँ–नेकपा (एमाले)को गण्डकी प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । निर्वाचन समितिका अनुसार आज मतदान हुन लागेको हो ।

मतदानका लागि हिजो उम्मेदवारी मनोनयन भएको निर्वाचन समितिका प्रमुख सुरेन्द्र थापाले जानकारी दिनुभयो । एमाले गण्डकीको अध्यक्षका लागि नवराज शर्मा र मायानाथ अधिकारीले उम्मेदवारी दिनुभएको छ ।  

वर्तमान प्रदेश अध्यक्षसमेत रहनुभएको शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको साथ दिनुभएको छ ।

पोखरा सभागृहमा जारी अधिवेशनले पाँच पदाधिकारीसहित १६२ सदस्यीय नयाँ नेतृत्व चुन्नेछ। अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ८ प्रतिनिधि सहभागी छन् ।