अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले गण्डकी अधिवेशन : उम्मेदवारको अन्तिम सूची सार्वजनिक, ११:५५ देखि मतदान  

एमाले गण्डकी अधिवेशन : उम्मेदवारको अन्तिम सूची सार्वजनिक, ११:५५ देखि मतदान  


पोखरा–नेकपा एमाले गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ ।

आज बिहान निर्वाचन समितिले उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको हो । सूची अनुसार हालका अध्यक्ष शर्मा र केन्द्रीय सदस्य अधिकारीबीच अध्यक्षमा प्रतिस्पर्धा हुने भएको छ । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको समर्थन छ।

अधिकारीको प्यानलबाट उपाध्यक्षमा बाबुराम विक, सचिवमा रश्मी आचार्य, महिला उपसचिवमा मीना गुरुङ र अर्को उपसचिवमा  सन्तोष रावलले उम्मेदवारी दर्ता गराउनुभएको छ । अधिकारीलाई एमाले महासचिव शंकर पोखरेलले  साथ दिनुभएको छ । 

शर्माको प्यानलबाट उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी, महिला उपसचिवमा मञ्जु अधिकारी र अर्को उपसचिवमा दामबहादुर विकले उम्मेदवारी दर्ता गर्नुभएको छ । शर्माको समूहलाई उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव गुरुङ, सचिव पद्या अर्याल र स्थायी कमिटी सदस्य किरण गुरुङले साथ दिनुभएको छ ।

अधिवेशनमा ११ जिल्लाबाट ९ सय ७ प्रतिनिधि आउनु भएको छ । मतदान आज बिहान ११:५५ देखि मतदान हुने निर्वाचन समितिले जनाएको छ ।