अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उपत्यका विशेष कमिटी अधिवेशन : नयाँ नेतृत्वका लागि आकांक्षाी कम, सर्वसहमतिको प्रायशः जारी 

एमाले उपत्यका विशेष कमिटी अधिवेशन : नयाँ नेतृत्वका लागि आकांक्षाी कम, सर्वसहमतिको प्रायशः जारी 


काठमाडौँ–नेकपा (एमाले)को उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन आजदेखि काठमाडौँमा हुँदैछ । एमालेका अधिकांश भौगोलिक प्रदेश कमिटीका अधिवेशन सकिन लाग्दा पूर्वनिर्धारित तालिका अनुसार गैह्रभौगोलिक र बुद्धीजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको अधिवेशन हुन लागेको हो ।

अधिवेशनको एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा उद्घाटन गर्नुहुने र अधिवेशनको तयारी पूरा भएको उक्त कमिटीका अध्यक्ष प्रेम पराजुलीले जानकारी दिनुभयो । उद्घाटनअघि शान्तिबाटिका ९रत्नपार्क०बाट प्रदर्शनीमार्गसम्म पदयात्रा गरिनेछ । 

एमाले उपत्यका विशेष कमिटीमा ३०४ जना प्रतिनिधि छनोट हुनुभएको । जसले पाँच पदाधिकारीसहित ७५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछन् । एमालेले यो कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने तयारी गरेको छ । 

अन्य प्रदेशमा जस्तो आकांक्षी र प्रतिनिधि समेत धेरै नभएकाले सर्वसहमतिमा नेतृत्व चयन गर्न सहज हुने नेताहरूको भनाइ छ । अहिलेसम्म उपत्यकाको पदाधिकारीका लागि कसैले पनि खोलेर आकांक्षा देखाउनुभएको छैन । तर अहिलेका अध्यक्ष पराजुलीले भने अर्को कार्यकालका लागि अध्यक्षमा दोहोरिन चाहना राख्नुभएको छ ।

सहमतिमै नेतृत्व चयन गर्न लफल जारी रहेको नेताहरुले बताउनुभएको छ । यस प्रदेश कमिटी मातहत बुद्धिजीवी विशेष, मजदुर, विद्यार्थी र उद्योग–व्यावसय गरी चार जिल्ला कमिटी र ५८ इलाका कमिटी छन् । अध्यक्ष पराजुलीले यस क्षेत्रले आफ्नो मर्यादा, अनुशासन र सीमालाई ध्याल गरेर व्यवस्थितरुपमा अधिवेशन सम्पन्न गर्ने बताउनुभयो ।

एमालेले बागमती, लुम्बिनी, कोशी, कर्णाली र  गण्डकीमा अधिवेशनमार्फत नयाँ नेतृत्व छनोट गरिसकेको छ । अन्य प्रदेशमा पनि यो महिनाको अन्तिम सातासम्म अधिवेशन सक्ने एमालेको तयारी छ ।