अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

लेबनान–इजरायली सीमामा झडप जारी

लेबनान–इजरायली सीमामा झडप जारी


काठमाडौँ–अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि लेबनानी–इजरायली सीमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बिच झडप जारी रहेको छ ।

हालैको द्वन्द्वमा, हिजबुल्लाहले धेरै इजरायली चौकीहरूलाई निशाना बनाएर आक्रमण गरिरहेको छ । इजरायली सेनाले टायर हर्फा र अल–जिबैन लगायत दक्षिणी लेबनानका धेरै सीमाना शहरहरूमा आक्रमण गरेको छ । द्वन्द्वको बावजुद अल–जिबैनका गाउँलेहरू सोही स्थानमा बसिरहेका छन् ।

त्यस्तै एक किसानले आफूहरुसँग पशुधनहरु रहेकाले गाउँ छोड्न नसकेको गाउँले खादिजा फरहतले बताए । हमास र इजरायल बिच एक हप्ता लामो युद्धविरामले यस क्षेत्रमा अस्थायी शान्ति ल्याएको थियो तर पुनः युद्ध सुरु भएपछि जनजीवन प्रभावित बनेको अर्का अली हसौनले बताए ।-एजेन्सी