अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हामीले उत्तरतिरबाट बाटो खोल्यौं तर त्यसलाई सरकार प्रयोग गर्न सक्दैन

हामीले उत्तरतिरबाट बाटो खोल्यौं तर त्यसलाई सरकार प्रयोग गर्न सक्दैन


आज हामी यस संकल्प यात्राको ८औं दिनमा यहाँ आइपुगेका छौं। यसभन्दा अघि बिहान गल्कोटबाट हिंडेपछि विभिन्न ठाउँमा स्थानीय दाजुभाइ दिदीबहिनीहरुबाट एकदमै उल्लासमयपूर्ण वातावरणमा हामी स्वागत ग्रहण गर्दै, समर्थन ग्रहण गर्दै, उहाँहरुको स्नेह र मायाममता ग्रहण गर्दै यस ठाउँमा आइपुगेका छौं। हामी लगभग ९ सय किलोमिटर यी ८ दिनमा हिंडेका छौ जस्तो लाग्छ। हामीले बाटाभरी जनतामा असाधारण उत्सुकता र उत्साह पनि पायौं। अत्यन्तै उत्साहपूर्ण समर्थन पायौ, माया ममता पायौं। त्यसैगरी आज यहाँ पर्वतमा आइपुग्दा माला लगाउँदै लगाउँदै कम्मर दुख्यो भन्नु पर्ने अवस्था कुस्मामा पनि भयो। हाम्रो यात्रा टोली अत्यन्तै गौरवान्वित पनि छ। यो स्नेह नेकपा एमालेले पाएको छ, यो समर्थन हाम्रो यात्राले पाएको छ, यात्राको उद्देश्यले पाएको छ र तपाईंहरुले जसरी स्वागत गर्नु भएको छ, माया गर्नु भएको छ, समर्थन जनाउनु भएको छ। त्यसका निम्ति म सिंगै टिमको तर्फबाट धन्यवाद भन्न चाहन्छु र आभार प्रकट गर्न चाहन्छु।

देशमा एउटा सरकार त छ। काम नलाग्ने छ । काम नलाग्ने मात्रै होइन काम बिर्गाने मात्रै छ। हामीले उत्तरतिरबाट बाटो खोल्यो, त्यसको प्रयोग गर्ने आँट गर्दैन। हामीले हाम्रो सीमाना र जमिन कायम गरेर नक्सा छाप्यौं त्यसलाई संविधानको अंग बनायौ। त्यसलाई कार्यान्वयन गर्न सक्दैन । कार्यान्वयन गर्न मात्रै होइन, बोल्न पनि सक्दैन। सरकारको प्रमुख भारत गएर के भन्छन्, बंगलादेश जाने बाटो छोड्दिन्छौ भने त्यो जमिन छोड्दिन्छौ भनेर। तिनलाई कसले अधिकार दियो जमिन छोड्ने ? यो जमिन छोड्छु भन्ने कुनै अधिकार छैन । यो जमिन लिम्पयाधुरा, लिपुलेक, कालापानी हाम्रो हो । त्यो जमिन छोड्छु भन्ने ती पनि यस्ता फटाहा कुरा गरेर, बंगलादेश जाने बाटो हामीले पाइसकेका छौ। अनि त्यो बाटो बंगलादेश जान दिन्छ भने हामी लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन सम्झौता गरेर छोड्दिन सक्छौ, त्यो हिम्मत कहाँबाट आयो ? सरकार त्यस्तो छ।

हामीले राष्ट्रियताका सवालमा गरेका कामहरु, नेपालको हितमा निम्ति हामी जो सुकैसँग पनि सहयोग लिन सक्छौ। अहिलेको सरकार जो सुकैसँग सहयोग लिन सक्दैन । सहयोग लिन सक्दैन । हाम्रा छिमेकीहरु मध्ये एउटासँग सहयोग लिन्छ, पायो पो लिओस् । अर्काले सहयोग दिन्छु भन्छ, सहयोग लिने आँट गर्दैन । बीआरआइ भन्ने कार्यक्रम छ, त्यसले नेपाललाई सहयोग गर्छु भन्छ । त्यसमा सम्झौता भएको छ, त्यसमा रकम दिन्छु भनेको छ । त्यसमा ५७ अरव पहिल्यै घोषणा भइसकेको छ। त्यसमा कुन कुन ठाउँमा खर्च गर्ने भनेर प्रधानमन्त्री चाइना जाँदा व्यापारीक कम्पनीले चाइनामा घुमाए छुट्टी लिएर, व्यापारिक कम्पनीसँग मिलेर घुमे । व्यापार राष्ट्रका लागि हो र ? अरु नै कुन कारणले हो । त्यसपछिका दिनमा हामीले देख्यौ। ३५ क्विन्टल सुन नेपालमा आयो । त्यसपछि एक क्विन्टल समातियो । एयरपोर्टमा समातिएको होइन, बाहिरै समातियो। त्यो पनि अहिले ६० केजीमा झ¥यो । साढे ९ केजी पक्राउ परेको भेप भन्ने इलेक्ट्रिक सिगरेट भन्ने हुँदो रहेछ । त्यो ९ केजी भनेर पक्राउ परेको अहिले २ केजी मात्रै छ, साढे ७ केजी छैन । सय केजी पक्राउ प¥यो, अब ६० केजी मात्रै छ, ४० केजी छैन । ३५ क्विन्टल आयो, कही कतै एक लाल, एक मासा तोलाका कुरा छोड्दिऔ, कहीं कतै भेटिंदैन, ३५ क्विन्टल आयो । अरु कति आयोआयो र आइराखेको छ । किन चाहियो सरकार ? जनताका पीडा हेर्न सक्दैन, हेर्दैन, देख्दैन, सुन्दैन । जाजरकोट र पश्चिम रुकुममा हामीले हे¥यौ । सरकारले अहिलेसम्म एउटा पनि अस्थायी आवास बनाएको छैन र पीडितलाई दिएको पनि छैन । हामीले खटाएका स्वयमसेवीले ८ सय १३ वटा अस्थायी र केही स्थायी घरहरु बनाएर पीडितलाई दिइसके । ८ सय १३ वटा घर हाम्रा भोलिन्टियरले बनाएर दिंदा सरकार पैसा जम्मा गरेर बसेको छ तर एउटा पनि नयाँ छाप्रो बनाएको छैन । हजारौ सुत्केरी महिला र नवजात शिशुहरु प्लास्टिक मुनि छन् । चिसोमा कठ्याङ्ग्रिएका छन्, धेरैको निधन भइराखेको छ । सरकार त्यस सम्बन्धमा संवेदनशील नै छैन । अझ हाम्रा भोलिन्टियरहरुले काम जति पनि गर्न सक्छन् । काम तपाईंहरु गर्नुस्, रकम सरकारले दिन्छ भन्न पनि सक्दैन । सरकारी रकमबाट होइन हामीले बनाएको, स्थानीय साधन र स्रोत प्रयोग गरेर बनाइएको हो । सरकारको सहयोग छैन । अझ हामीलाई त्यो सहयोग गर्न पनि नदिने भन्दै थियो । जनतालाई त्यो सहयोग पनि गर्न नदिने, जे बुझाउने सरकारलाई बुझाउने भन्दै थियो । हामीले आफैँले गएर ५ सय २ वटा भत्किएका घरबाट भंग्नावसेस हटाएका छौ, सामान निकाल्दिएका छौ । त्यस्तोमा पनि सरकार छैन । रोजगारीको सिर्जना गर्दैन, कृषिको आधुनिकीकरण गर्दैन, उद्योग, व्यवसाय नयाँ खोल्ने त कुरै छोडौ, पुराना पनि चलाउँदैन, पुराना पनि बन्द भइराखेको छ । व्यापार चौपट छ । हामी आउँदा बाटोहरु हे¥यौ । एमालेको समयमा जे भएको थियो, त्यो भत्किएको ठाउँ टालेको पनि छैन । जनतालाई रोजगारी नदिने, जनतामा अन्योल, निराशा आउने अवस्था बनाउने, युवाहरु विदेश पलाएन गर्दिने, नयाँ नयाँ कम्पनी खोल्दिने युवा विदेश पठाउनका लागि । यहाँका मेडिकल कलेजको सिट घटाइदिने, यहाँ मेडिकल कलेज खोल्न नदिने, यहाँ नर्सिङ क्याम्पस खोल्न नदिने, नर्सिङ क्याम्पस बन्द गर्दिने, अनि विदेशमा नर्स पढ्न जानु पर्ने । यो खालको स्थिति सिर्जना गरेर देशलाई बर्बाद गरिदिने यो गठबन्धन सरकार । अर्थतन्त्र ध्वस्त भइसक्यो, राजनीतिक अस्थिरता, अन्योल, अत्यन्तै अराजकता यस्तो अवस्थामा देश छ । कर्मचारी, शिक्षक, सेनालाई, प्रहरीलाई तनखा खुवाउने पैसा छैन । ऋण काटेर सरकार चलाइराखेको छ, कर्मचारीलाई तनखा दिइराखेको छ । अस्ति कात्र्तिकसम्म ऋण काडेर तनखा दिइराखेको थियो । बैंकहरुले कुनै रिस्ट्रक्चरिङ नगर्दिएर, उद्यमीहरुले तिर्न नसकेर, ठेकेदारहरुले तिर्न नसकेर सरकारले भुक्तानी दिंदैन, ठेकदारले तिर्न सक्दैन, उद्यमीको सम्पति, ठेकदारको सम्पति लिलामीमा चढ्छ, उद्यमी कालोसूचिमा चढ्छ, व्यवासायी कालोसूचिमा चढ्छ । कालो कर्तुत गर्नेहरु खुशीयाली मनाइराखेका हुन्छन् । त्यस्तो अवस्थामा छ । यस स्थितिलाई कायम रहन दिइरहने हो भने वा भविष्यमा कायम रहन दिइरहने हो भने नेपालको अस्तित्व नै खतरामा पर्न सक्छ । त्यसकारण नेपालको अस्तित्व नै खतरामा पर्नेगरी नेपाल असफल राष्ट्र घोषित हुनसक्नेतर्फ अगाडि बढ्दै छ । त्यसलाई रोक्नका लागि असफल राष्ट्र हुन दिनु भएन । नेपालको अस्तित्व संकटमा पर्न दिनु भएन । विकास अवरुद्ध हुन दिनु भएन । यस देशमा नेकपा एमाले छ, त्यसकारण यी चिजहरु हुन दिंदैन । अहिले यस सरकारका नालायकीले, यस सरकारका अयोग्यता र असफलताले प्रतिगामी शक्तिहरु फेरि उठ्न सकिन्छ कि, टाउको उठाउन सकिन्छ कि भनेर फेरि छटपट छटपट गर्न थालेको देखिन्छ । चट्पटाएको देखिएको छ । म भन्न चाहन्छु–राजतन्त्रको सबैभन्दा निरंकुशकालमा एकदलीय व्यवस्था, निरंकुश राजतन्त्र भएको कालमा राजतन्त्रलाई चुनौती दिएर, त्यसका विरुद्ध लडेर, त्यसका विरुद्ध संघर्ष गर्दै जेलनेल खटेर बलिदान दिएर, यातना सहेर अनेक क्षतिहरु बेहोरेर नेपाली जनताले राजतन्त्र फ्याकेका छन् । अब राजतन्त्र फर्किन्छ ? २०६५ साल फेरि आउँछ ? यो सम्भव छैन । २०६५ साल गइसक्यो । अब फेरि राजतन्त्र आउँछ ? एउटा व्यक्तिको छोरो जन्मिदा राजा हुन जन्मिने, जस्तो सुकै भए पनि राजा हुन पाउने, गजेडी होस् कि, लफङ्गो होस् कि, मूर्ख होस् कि जस्तोसुकै भए पनि देशको राष्ट्र नायक हुनुपर्ने, जन्मिंदैदेखि हामीले सलाम ठोकेर हिँड्नु पर्ने त्यो खालको प्रणाली सार्वभौमसत्ता सम्पन्न तमाम् नेपाली जनताले संविधान बनाउन, हेरफेर गर्न नपाउने, एकजना व्यक्तिले पाउने खालका प्रणाली ती कुराहरु हुँदैनन् । त्यो हुँदैन र दक्षिणपन्थी शक्तिहरुले भनेको संवैधानिक, सेरोमोनियल, साँस्कृतिक अनेक भन्ने गरेका छन् । त्यस्तो हो भने त्यो किन चाहियो ? किन राख्ने त्यो ? के बनाउँछ त्यसले ? अधिकार केही पनि उसँग हुँदैन भने के बनाउँछ ? अधिकार भएको एउटा व्यक्ति शासक त्यो अबको समयमा हुन सक्दैन । नेकपा एमाले यस देशमा छ । बलिदान दिएर लोकतान्त्रिक गणतन्त्र ल्याउन अगुवाइ गरेको पार्टी यस देशमा छ । त्यसकारण देशमा प्रतिगमन हुन सक्दैन । क्रान्तिका नाममा हिंसा फैलाएर हिंड्नेहरुको आज मैले बोलिरहनु पर्दैन । ज्वाँइ फलेको फुलेको छ, छोरी फलेको फुलेको छ, नाती फलेको छ, फुलेको छ । जनता, घाइते, लडाकु, शहीद, शहीदका परिवार उनीहरुले बिर्सिएका छन् । आफ्ना निम्ति फलिफाप भएको छ । तिनीहरुको चर्चा गरिरहन म आवश्यक ठान्दिनँ । तर अर्को प्रकारले पहिचानका नाममा, पहिचानवादका नाममा नेपाली जनतालाई फेरि अल्मल्याउने, भ्रममा पार्ने, फाँटो पार्ने त्यस प्रकारका क्रियाकलापहरु हुँदै छन् । अहिले कोशी प्रदेश सबैको साझा नाम राखियो, एउटा पृष्ठभूमि विशेषको नाम राखिएन भनेर केही तत्वहरु, वितण्डा मच्याउनलाई ठूलो शक्ति चाहिँदैन । विदेशबाट सञ्चालित कसैको इशारामा नेपालमा एकता हुन नदिने, नेपालमा शान्ति हुन नदिने, नेपालमा लोकतन्त्र हुन नदिने, त्यसप्रति जनताको विश्वास हटाउने, अशान्ति मच्याउने, शान्ति खल्बलाउने र देशलाई असहज स्थितिमा पारेर स्वार्थ पूरा गर्ने प्रयासमा यस्ता तत्वहरु लागिरहेका छन् । उनीहरुले अहिले भनिरहेका छन् नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा कोशी प्रदेशमा प्रवेश गर्न नदिने भनेर । किन नदिने ? नदिने को हो उनीहरु फेरि ? नेकपा एमाले कहाँ जान पाउने कहाँ जान नपाउने, नेकपा एमाले त कोशी प्रदेशमै त्यही छ त । खास जान नपाउने को हो ? नेपालको कुनै भूभाग कसैको बिर्ता होइन । प्रवेश गर्न दिन्न भन्ने, तोडफोड गर्छु, आक्रमण गर्छु, मारपिट गर्छु भन्ने खालका आंतककारी कुराहरु हामीले धेरै देखेका छौ, यस्तो फुर्ती नलगाए हुन्छ । हामीले सामना गर्न नपरोस्, म उहाँहरुलाई भन्न चाहन्छु, यो बुद्धि छिट्टै सच्याउनुस् । यो बुद्धि छोडिहाल, होइन भने यस बुद्धिले तिमीहरुलाई सर्वनाश गर्नेछ । कत्राकत्राले जनयुद्धका नाममा, क्रान्तिका नाममा के के फाइफुटी त समाप्त भयो भने अब त्यहाँ चारवटा केटा उफ्रिएका छन् प्रवेश गर्न दिन्न भनेर । यस्ता खालका क्रियाकलाप र गतिविधिहरु नगर्दा राम्रो हुन्छ म उनीहरुलाई पनि सुझाव भन्न चाहन्छु ।

म कुस्माका जनतालाई भन्न चाहन्छु–यहाँका जनतालाई भनिरहदा देशभरिका जनतालाई भन्न चाहन्छु–हाम्रो जातिय विविधता छ, भाषिक विविधता छ, भौगोलिक विविधता छ । यो विविधताको देश हो । विश्वकै शिखर सगरमाथादेखि तल कचनाकवल नेपालको ५८ मिटर समुन्द्र सतहदेखि माथिको जमिन होचो भूभाग पनि हामीसँग छ । केही किलोमिटरभित्र त्यो विविधता छ । हाम्रा सामाजिक, जैविक र वनस्पतीय विविधता पनि छ । हाम्रो नेपाल बनेको पृष्ठभूमि, निर्माण भएको पृष्ठभूमि विभिन्न प्रकारको छ । त्यसकारण यसलाई बुझ्नु पर्दछ र सबैलाई सामाजिक न्याय र समानता उपलब्ध हुनु पर्दछ, सबैलाई अधिकार र अवसर उपलब्ध हुनुपर्दछ । पछाडि परेको समुदायलाई विशेष नीतिका साथ अगाडि बढाइनु पर्दछ । हाम्रा भाषा, धर्म संस्कृति जे जे छन्, तिनको संरक्षण र विकास गरिनु पर्दछ । सामाजिक न्याय र सद्भावका आधारमा राष्ट्रिय एकता गर्नु पर्दछ । हामी सबै नेपाली एकहोऔ, एक भएर हाम्रो नेपाल विकास गर्छौ, सुन्दर बनाउँछौ, सुशासनवाला नेपाल बनाउँछौ भन्ने यो संकल्प हामीसँग हुनुपर्दछ । हाम्रो यो नीति हो । हामी दक्षिणपन्थी होइन, उग्रबामपन्थी होइन, पृथकतावादी होइन तर जनअधिकार र राष्ट्रिय एकता, विकास र सुशासनको बाटोबाट समृद्ध नेपाल, सुखी नेपाली बनाउने त्यस परिकल्पनामा छौ । यो कुरा साथीहरुले बुझ्नु भएको छ । हाम्रो यस यात्राको अर्थ पूर्वदेखि पश्चिमसम्म पहाडी बाटो र पहाडी भेगैभेग हुँदै विभिन्न ठाउँमा दाजुभाइ दिदीबहिनीहरुसँग भेटघाट गर्दै, कुराहरु सुन्दै, त्यहाँका समस्याहरु के छन् ? त्यहाँका माग के छन् ? त्यहाँको अवस्था के छ ? पूर्वाधार विकासको अवस्था के छ ? बाटा, पुलको अवस्था के छ ? नेपालमा सुरुङ मार्ग बनाउनु पर्छ भन्ने विचार हामीले ल्याएको हो । रिभर करिडोरको विचार हामीले ल्याएको हो । यी कामहरु अगाडि बढाउने सन्दर्भमा कुन ठाउँमा अगाडि पुगेको छ, कहाँ गएर रोकिएको छ कि अगाडि बढिरहेको छ ? त्यो हेर्नका लागि हो । त्यसमा के गर्नु पर्दछ, त्यो गर्नका लागि हामी अहिले विचारहरु सुन्दै हिंडेका छौ । ज्ञापनपत्रहरु लिंदै, मागपत्रहरु लिंदै हिँडेका छौ । हामी प्राध्यापक, शिक्षक, डाक्टर, वकिल, इन्जिनियर विभिन्न खालका व्यक्तिहरु, व्यवसायी, किसान, मजदुर, उद्यमी, निर्माण व्यवसायीहरु र विभिन्न व्यवसायीहरुसँग समेत भेटघाट गरिरहेका छौ । हामी युवा, विद्यार्थी, महिलाहरुका कुराहरु सुनिरहेका छौ, मागपत्रहरु लिइरहेका छौ । त्यसै गरेर हामीले यहाँहरुको मागपत्र लिएका छौ । यहाँका समस्याहरुको फेहरिस्त यहाँ लिएका छौ । मैले धेरैवटा अगाडि नै राखेको छु ।
हामीले कति बाटाहरु बनायौ, कति अरु कामहरु ग¥यौ, अरुले नसोचेका कामहरु ग¥यौ । एयरपोर्टको होस् कि कालीगण्डकी करिडोर होस् कि बेनीदेखि कोरला नाका होस्, यी बाटाहरु निर्माण गर्ने कुरा माग थियो होला तर कुनै योजना थिएन । हामीले नै त्यसलाई योजनामा पारेका हौ । कालीगण्डकी करिडोर मान्छेले कल्पना गरेका थिएनन् होला, हामीले अहिले हरेक नदीहरुमा करिडोर निर्माण गरेका छौ । कर्णाली करिडोर होस्, कालीगण्डकी करिडोर होस्, महाकाली करिडोर होस् अथवा पूर्वतिरका अरु नदीका करिडोर हुन् । यस्ता करिडोर हामीले निर्माण गरेका छौ । बाटा छोटा र सुरक्षित बनाउन सुरुङ मार्ग पनि बनाउने र त्यसबाट टनेलहरुले जोड्दिने यी कामहरु हामी गर्दैछौ । त्यसकारण यी कुराहरु तपाईंहरुले बुझ्नु भएको छ । यसर्थ म यहाँहरुलाई के आग्रह गर्न चाहन्छु भने यहाँबाट हामी यात्रा समाप्त गरेर फर्किएपछि यी तमाम् मागहरुको सन्दर्भमा छलफल गर्नेछौ, विचार गर्नेछौ र नयाँ ढंगले कुन कुन ठाउँको विकास कसरी गर्ने त्यस सम्बन्धमा पनि हामी अगाडि बढ्ने छौ । यिनै कुराहरु राख्दै अरु ठाउँमा पनि हाम्रो कार्यक्रम भएकाले अब यहाँहरुले बुझ्नु नै भएको छ । यहाँहरुले हामीहरुलाई जुन आत्मियता देखाउनु भयो, माया देखाउनु भयो, स्नेह र सम्मान दिनुभयो, त्यसका निम्ति धेरैधेरै धन्यवाद भन्दै यहाँहरुप्रति आभार व्यक्त गर्दै म आफ्नो भनाई टुंग्याउँछु र हामी यहाबाट अगाडि पनि बढ्छौ धन्यवाद।

(मध्यपहाडी यात्राका क्रममा २१ मंसिर २०८० मा पर्वतको कुश्मामा अध्यक्ष केपी शर्मा ओलीले व्यक्त गर्नु भएको मन्तव्यको सम्पादित अंश )