अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस सरकारबाट बाहिरिएपछि मोहन विक्रम सिंह छाती पिटीपिटी रोएर उधुम छ: अध्यक्ष ओली

कांग्रेस सरकारबाट बाहिरिएपछि मोहन विक्रम सिंह छाती पिटीपिटी रोएर उधुम छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि मसालका महामन्त्री मोहनविक्रम सिंह छाती पिटीपिटी रोहिरहेको टिप्पणी गर्नुभएको छ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको बृहत् कार्यकर्ता भेलालाई बुधबार काठमाडाैंमा सम्बाेधन गर्दै अध्यक्ष ओलीले श्रीमतीको राष्ट्रिय सभामा पठाउन कांग्रेसको पछि लागेको बताउनु भयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एकजना आफूलाई कम्युनिस्ट भन्ने पुराना नेता छन्। उहाँको नाम मोहनविक्रम सिंह हो। अहिले उहाँ कांग्रेस सरकारबाट बाहिर रह्यो भनेर छाती पिटीपिटी रोएर उधुम छ। सिंह अहिले पनि कांग्रेस आएको भए मेराे श्रीमतीलाई राष्ट्रिय सभामा मनोनीत गरेर पठाउँथ्यो होला भनेर सम्झिँदै ग्वाँग्वाँ रोइहिरहेका छन्। त्यसरी पनि पतन हुँदो रहेछ मान्छे। निराश र हतोत्साही भएपछि मान्छे कहाँबाट के टिप्न पाइन्छ त्यतिभएपनि टिप्न पुग्छ।’ 

उहाँले माेहन बिक्रम पतन हुँदै गइरहेकाे टिप्पणी समेत उहाँले गर्नुभयाे । निराश भएपछि, हताेत्साही भएपछि, अब भविष्य छैन भनेपछि मानिस कहाँबाट के टिप्न पाइन्छ त्यति भएपनि टिपाैं भन्ने स्थितिमा पुग्ने भन्दै उहाँले एमाले अवसर छाेपेर यत्ति टिपाैं भन्ने पार्टी नभएकाे बताउनुभयाे।

कांग्रेससहितको पुरानो सत्ता गठबन्धनमा सिंहकी कान्छी श्रीमती एवम् राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौड्याललाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गरेर राष्ट्रिय सभामा लैजाने सहमति भएको थियो।

गत निर्वाचनमा प्युठानबाट एमालेका युवा नेता सूर्य थापासँग पराजित पौडेललाई राष्ट्रिय सभामा लैजाने मसालको योजना फागुन २१ मा सत्ता समीकरण फेरिएपछि तुहिएको छ। 

पौडेल राष्ट्रिय सभामा नजाने निश्चित भएपछि जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसिसकेको छ।