काठमाडौं- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरपालिकाको ड्रिम प्रोजेक्टको रुपमा रहेको भेरी लिफ्टिङ खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखिएको छ।
नगरपालिका प्रमुख मोहनमाया ढकालले आज प्रष्तुत गर्नुभएको नीति कार्यक्रममा बढ्दो जनसंख्या,सुध्रदों राजश्व,स्वास्थ्य र शैक्षिक संरचना तथा भूगोलका कारणले पनि उपमहानगरपालिका बनाउन योग्य रहेको दाबी गरिएको छ भेरी लिफ्टिङ आयोजनाको काम आगामी दुईवर्ष भित्र सम्पन्न गर्नलाई तिव्रता दिइएको उल्लेख छ। यसैगरी नगरपालिकाको भवन पनि यसैवर्ष भित्र सम्पन्न गरेर अत्याधुनिक तवरले सेवा दिइने नीति कार्यक्रममा जनाइएको छ।
कुल ६ हजार ९ सय शब्दको यो नीति कार्यक्रममा समग्र वीरेन्द्रनगरको विकासको खाका प्रष्तुत गरिएको छ। वीरेन्द्रनगरको सामाजिक,शैक्षिक,स्वास्थ्य,कृषि,पशुपंक्षी,महिला तथा समवेशी क्षेत्र आदिमा एकवर्ष भित्र नगरपालिकाले के कस्तो नीति र कार्यक्रम लागु गर्ने भन्ने विषयहरु स्पष्ट रुपमा खुलाइएका छन्।
२०७९ मा निर्वाचित भएको नगर कार्यपालिकाको यो चौथो नीति तथा कार्यक्रम हो। त्यसैले नगरपालिकाले यस अघि सुरु गरेको ठुला परियोजनालाई सम्पन्न गर्नतिर प्राथमिकतामा राखेको छ। नगर प्रमुख ढकालले प्रष्तुत गरेको नीति कार्यक्रममा के कस्ता विषयहरु समेटिएका छन्।
हेर्नुहोस पूर्ण पाठ
प्रतिक्रिया