अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले अध्यक्ष ओली चन्द्रगढी एयरपोर्ट झापामा

एमाले अध्यक्ष ओली चन्द्रगढी एयरपोर्ट झापामा


झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम क्षेत्र-२ को निर्वाचनको अवस्था बुझ्न र आमसभालाई सम्बोधन गर्न चन्द्रगढी एयरपोर्ट झापामा आइपुग्नुभएको छ।

अध्यक्ष ओली एमाले झापा जिल्ला कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्न सुरंगा जाने कार्यक्रम रहेको छ। सुरुंगास्थित जेसिज हलमा एमालेले हालैसम्पन्न जिल्ला अधिवेशनपछिको पहिलो बैठक तय गरेको छ। बैठकलाई सम्बोधन गरेर अध्यक्ष ओली आजै इलामतर्फ लाग्नुहुनेछ।

इलाम क्षेत्र-२ का उम्मेद्वार सुहाङ नेम्वाङसँगै अध्यक्ष अध्यक्ष ओली इलाम बजारमा रहनुहुनेछ। भोली इलामको मंगलबारेमा आयोजना हुने बृहत् चुनावीसभालाई सम्बोधन गरेर अध्यक्ष ओली दमकस्थित आफ्नो निवासमा फर्कने कार्यक्रम रहेको छ।
६ गते गौरादह नगरपालिका ५ स्थित स्कूलचौनमा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएर अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।