अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी

बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी


काठमाडौं-प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्तापक्षीय दलको बैठक बसिरहेको छ।

बैठकमा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलगायत नेता सहभागी हुनुहुन्छ।

यस्तै एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपमहासचिव विष्णु रिमाल, कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, लोसपा अध्यक्ष महन्थ ठाकुर पनि बैठकमा सहभागी हुनुहुन्छ।