अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवनमा हतियार देखाएर ३ किलो सुन र २५ केजी चाँदी डकैती गरियो : डाकाले सिसिटिभि डिभाइस पनि लगे

चितवनमा हतियार देखाएर ३ किलो सुन र २५ केजी चाँदी डकैती गरियो : डाकाले सिसिटिभि डिभाइस पनि लगे


काठमाडौं- चितवनको कालिका नगरपालिका ६ स्थित खोलेसिमल बजारमा हतियार देखाएर सुनचाँदी पसलमा लुटपाट भएको छ। शनिबार राति ८ बजेतिरको समयमा अज्ञात समूहले स्थानीय बिनोद सुनारले संचालन गरेको बिनोद सुनचाँदी पसलमा लुटपाट गरेको हो। लुटेरा समूहले सीसीटीभी रेकर्ड हुने डिभाइससमेत चोरेर लगेका प्रहरीले जनाएको छ।
पसलबाट ३५ केजी चाँदी, ३ केजी सुन र नगद २ लाख रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

घटनापछि प्रहरी टोलीले पसलको अनुसन्धान गर्ने क्रममा चोरी भएको भनिएकोमध्येको ७७६।८१ ग्राम सुन पसलमै फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो।