अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मेयर बालेनलाई वडाध्यक्ष डंगोलको व्यङग्य: सबै मिल्यौँ भने मात्रै गोल गर्न सकिन्छ

मेयर बालेनलाई वडाध्यक्ष डंगोलको व्यङग्य: सबै मिल्यौँ भने मात्रै गोल गर्न सकिन्छ


काठमाडौँ-महानगरपालिका वडा-१५ का वडाध्यक्ष इश्वरमान डंगोलले फुटबल खेलमा सबै मिल्यौँ भने मा गोल गर्न सकिने बताउनु भएको छ। फुटबल खेलको उदाहरण दिँदै उहाँले महानगरमा पनि टिम नै मिलेर काम गरे मात्रै सफल हुने बताउनु भएको हो।

आज बसेको १५ औँ नगरसभाको तेस्रो बैठकमा वडाध्यक्ष डंगोलले अवसर ग्रहण गर्न सकेमात्रै सफल हुनसक्ने बताउनु भयो।उहाँले भन्नुभयो, ‘म फुटबल खेलाडी पनि हो। फुटबल खेल सबैलाई रमाइलो लाग्छ होला। त्यसमा ११ जना खेलाडी हुन्छन्। ११ जनामध्ये १ जना क्याप्टेन, १ जना गोलकिपर गरी, सेन्टरमा खेल्ने खेलाडी हुन्छ,’ वडाध्यक्ष डंगोलले भन्नुभयो, ‘खेलमा आ-आफ्नो रोल हुन्छ। सिस्टममा सबै मिल्यो भने गोल गर्न सक्छौँ। सबै मिल्यौँ भने हामीले गोल गर्न सक्छौँ। गोलकिपरले मात्रै बल जोगाउँछु भनेर सम्भव छ? सिस्टमले अघि बढ्यो भने मात्रै हामी सफल हुन्छौँ।’