अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेशनल बैंकिङ्ग डिस्कोर्स-२०२४ को सम्पूर्ण तयारी पूरा

नेशनल बैंकिङ्ग डिस्कोर्स-२०२४ को सम्पूर्ण तयारी पूरा


काठमाडौं-दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स-२०२४ को सम्पूर्ण तयारी पूरा गरेको छ। बैंकिङ्ग समाचार डटकमको आयोजना, ग्लोबल आईएमई बैंकको मुख्य प्रायोजन तथा फोनपेको सहप्रायोजनमा २०८१ असार ११ गते अर्थात् भाेलि हुने दोस्रो ‘नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४’ को सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।

काठमाडौंको हायत रिजेन्सीमा आयोजना हुने उक्त कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गर्नुहुने बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलले बताउनुभयो। उहाँले सो कार्यक्रममा चार वटा सत्रमा विशेष छलफल हुने जानकारी दिनुभयो।

उक्त कार्यक्रममा नियामकीय निकाय, बैंक तथा वित्तीय क्षेत्र, सञ्चार क्षेत्र तथा सूचना प्रविधि क्षेत्रका विज्ञ तथा अन्य क्षेत्रको व्यक्तित्वहरुको उपस्थिति रहनेछ। सो कार्यक्रमको विभिन्न सत्रमा बैंकिङ्ग क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा, वित्तीय साक्षरतामा लगानी र यसको सामाजिक प्रभाव तथा वर्तमान स्थिति, नेपालमा डिजिटल इकोसिस्टमको वर्तमान परिदृश्य तथा क्रस बोर्डर डिजिटल भुक्तानीका चुनौतीहरु, सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगिता र आगामी दिशानिर्देशका बारेमा छलफल हुनेछ।

कार्यक्रमले बैंकिङ्ग क्षेत्रका समस्याहरुको समाधान खोज्न र नेपालमा बैंकिङ्ग प्रणालीलाई सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरेको निर्देशक ढुंगेलले जानकारी दिनुभयो। हायत रिजेन्सीमा आयोजना हुने उक्त कार्यक्रमको बैंकिङ्ग समाचारको फेसबुक पेज र युट्युब च्यानलबाट प्रत्यक्ष प्रशारण हुने निर्देशक ढुंगेलले बताउनु भयो। उहाँले भन्नुभयो, ‘हामीले डिस्कोर्सलाई लिएर धेरै सकारात्मक प्रतिक्रियाहरु पाइरहेका छौँ। हाम्रा शुभचिन्तक, सरोकारवालाहरुलाई लक्षित गरी हामीले प्रत्यक्ष प्रशारणको व्यवस्था गरेका हाैँ।’