अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा भएको वर्षा मनसुनी होइन : मौसमविद्

काठमाडौंमा भएको वर्षा मनसुनी होइन : मौसमविद्


काठमाडौ‌ – उपत्यकामा अहिले बिहान वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजुु प्रधानांगका अनुसार काठमाडौँ उपत्यकामा राति २ बजेदेखि पानी परिरहेको हो। ‘अहिले हल्का वर्षा भइरहेको छ’, उहाँले भन्नुभयो , ‘काठमाडौँ उपत्यकाका प्रायः ठाउँमा पानी परेको छ।’
मौसम महाशाखाको विवरणअनुसार सबैभन्दा बढी बूढानीलकण्ठमा ४४.८ मिलिमिटर वर्षा मापन भएको छ। यो भनेको झन्डै भारी वर्षा हो। ५० मिलिमिटर वर्षा हुनुलाई भारी वर्षा भनिन्छ।

मौसमविद् प्रधानांगका अनुसार काठमाडौँमा भएको वर्षा मनसुनी वर्षा होइन। ‘यो स्थानीय वायुबाट विकसित प्रणालीबाट भएको वर्षा हो’, उहाँले भन्नुभयो, ‘मनसुनले होइन, पोखरामा विकसित स्थानीय वायुको प्रणाली पूर्व सर्दै काठमाडौँमा वर्षा भएको हो, यो अझै पूर्व सर्दै छ, अब काठमाडौँ उपत्यकामा पनि केही समयपछि वर्षा रोकिने सम्भावना छ।’