अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्व राष्ट्रपति भण्डारीद्वारा मदन भण्डारी फाउन्डेसन भवनको अवलोकन

पूर्व राष्ट्रपति भण्डारीद्वारा मदन भण्डारी फाउन्डेसन भवनको अवलोकन


काठमाडौँ-पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी फाउन्डेसनको स्थलगत अवलोकन गर्नुभएको छ। काठमाडौँ महानगरपालिका वडा-१० नयाँ बानेश्वरस्थित फाउन्डेसनको सोमबार अवलोकन गर्नुभएको हो।  

त्यसक्रममा भण्डारीलाई फाउन्डेसनका अध्यक्ष पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र मदन भण्डारी मेमोरियल कलेजका प्रमुख डा. बाबुराम अधिकारीले स्वागत गर्दै फाउन्डेसनको नवनिर्मित भवनका बारेमा जानकारी गराउनुभयो।

जननेता मदन भण्डारीको ७३ औँ जन्मजयन्तीका अवसरमा फाउन्डेसनले गर्न लागेका कार्यक्रमहरूका बारेमा समेत त्यस अवसरमा उहाँलाई जानकारी गराइएको थियो।

सो अवसरमा मदन भण्डारी फाउन्डेसन मातहतका विभिन्न विभागका प्रमुख तथा पदाधिकारीहरूको पनि सहभागितामा एक छलफल कार्यक्रम गरिएको थियो। कार्यक्रममा  एमाले जनसंगठन विभागका प्रमुख तथा पूर्वमन्त्री भानुभक्त ढकाल, एमाले नेता गुरू बराल, अखिल नेपाल महिला संघकी अध्यक्ष टुका हमाल,  पूर्व परराष्ट्रमन्त्री बिमला राई पौडेल, वरिष्ठ मानव अधिकारकर्मी सुशील प्याकुरेल, वरिष्ठ पत्रकार तथा प्राध्यापक कुन्दन अर्याल, एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौला, प्रदेश सांसद डा. अमन मास्के, अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगाल, पेशागत महासंघका महासचिव केदार देवकोटा,  खिल अध्यक्ष समीक बडाल, युवासंघका अध्यक्ष क्षितिज थेबेलगायतको सहभागिता रहेको थियो।

आगामी असार १४ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७३ औँ जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाउने गरी फाउन्डेसनको तयारी रहेको छ।