अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

निर्मला शर्माद्वारा पत्रकार महासंघको अध्यक्षमा उम्मेदवारी दिने

निर्मला शर्माद्वारा पत्रकार महासंघको अध्यक्षमा उम्मेदवारी दिने


काठमाडौं-पत्रकार निर्मला शर्मा नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा अध्यक्षको उम्मेदवार बन्दै हुनुहुन्छ। शर्मा प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबाट अध्यक्षको साझा उम्मेदवार बन्न लाग्नु भएको हो।

आगामी असार १३ गते उम्मेदवारी दर्ता र २२ गते मदान गर्ने महासंघको निर्वाचन तालिका रहेको छ। प्रेस चौतारी र प्रेस सेन्टरबीच तालमेल गरी अध्यक्षमा चौतारीबाट र महासचिवमा सेन्टरबाट साझा उम्मेदवार उठाउने लगभग टुंगो भएको एक स्रोतले जनाएको छ।

प्रेस सेन्टरको भागमा परेको महासचिवमा भने नाम टुंगो लगाउन बाँकी छ।

शर्मा २०७७ मा भएको पत्रकार महासंघको निर्वाचनमा पनि अध्यक्षकी प्रत्यासी हुनुहुन्थ्यो। त्यतिबेला प्रेस चौतारी, प्रेस मञ्च, जनपत्रकार संघसहित विभिन्न ९ संगठनको साथ थियो। त्यतिखेर नेपाल प्रेस युनियन र प्रेस सेन्टरबीच तालमेल हुँदा युनियनका विपुल पोखरेल विजयी हुनुभएको थियो।

पत्रकार निर्मला शर्मा लामो समयदेखि व्यावसायिक पत्रकारितामा हुनुहुन्छ। विभिन्न सञ्चारगृहमा काम गदै आउनुभएकी शर्मा महिला पत्रकारहरुको संगठन सञ्चारिका समूहको अध्यक्ष पनि हुनुहुन्सछ। उहाँले श्रमजीवि महिला पत्रकारको सवालमा आवाज उठाउँदै आउनुभएको छ। पत्रकारको हकहितका लागि उहाँले गर्दै आउनुभएको कामबाट नै उहाँको नेतृत्वको प्रभावकारीता देखाउँछ।