अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपमहासचिव विष्णु रिमालको नेतृत्वमा एमाले नेताको टोली चीन भ्रमणमा जाँदै

उपमहासचिव विष्णु रिमालको नेतृत्वमा एमाले नेताको टोली चीन भ्रमणमा जाँदै


 काठमाडौं-उपमहासचिव विष्णु रिमालको नेतृत्वमा नेकपा एमालेका नेताहरू भोलि चीन जाने भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणमा एमाले नेताहरू भोलि राति चीन भ्रमणमा जान लागेका हुन्।

भ्रमण टोलीमा ३० जना एमाले नेताहरु जाँदै हुनुहुन्छ। ‘मैत्रीपूर्ण सद्‌भावना भ्रमण मध्येकै यो एउटा हो। भ्रमणमा समृद्ध चीन बनाउन गरिएका प्रयत्नहरू हेर्नेछौं,’ टोलीको सदस्य रहेका नेता भानुभक्त ढकालले भन्नुभयो।

उहाँका अनुसार बेइजिङको भीड घटाउन बनाइएको होइड्रोलिक सिटीको अवलोकन भ्रमणको अर्को उद्देश्य हो। ढकालले भन्नुभयो, ‘हामीले पनि समृद्ध नेपाल, सुखी नेपाली भनिरहेका छौं। त्यो सिटीको अवलोकनले हामीलाई सहयोग पुग्छ।’