काठमाडौं -नेकपा एमालेको भातृ संगठन रिटर्नी फेडेरेसन नेपालले मलेसियामा मृत्यु भएका एक युवकको शव नेपाल ल्याउन सहयोग गरेको छ ।
नवलपरासीको सुस्ता गाउँपालिका १ बस्ने २१ वर्षको रोहित कुमार मुखिया गत जुन ९ तारिखमा कार्यस्थलमै मृत भेटिएका थिए । फेडेरेसनका सचिवालय सदस्य बिन्दु घिमिरेका अनुसार मुखिया सात महिना अघि बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका थिए । उनी सुतेकै ठाउँमा मृत भेटिएपछि फेडेरेसनका सचिव एवं विदेश विभाग प्रमुख ज्ञानु खवास र प्रवासी नेपाली मञ्च मलेसियाका सचिव कृष्ण खड्काले शब नेपाल पठाउन विशेष पहल गर्नुभएको घिमिरेले जानकारी दिनुभयो । फेडेरेसनको सहजिकरणमा मुखियाका आफन्तलाई खबर गरेको थियो । मुखियाको शब हिजो नै नेपाल ल्याएर आफन्तलाई जिम्मा लगाइएको छ ।
प्रतिक्रिया