अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टीआरसीका बाँकी बुँदामा सहमति खोज्न प्रमुख दल सहमत

टीआरसीका बाँकी बुँदामा सहमति खोज्न प्रमुख दल सहमत


काठमाडौं-संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमा सहमति खोज्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीआरसीमा सहमति खोज्न बिहीबार अपरान्ह बैठक बोलाउनु भएको थियाे।

बैठकमा सहभागी एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार टीआरसीलाई चाँडै टुंगोमा पुर्‍याउन ठूला तीन दलबीच सहमति भएको छ। ‘विशेष गरी टीआरसीलाई टुंगोमा पुर्‍याउने विषयमै छलफल केन्द्रित थियो,’ बर्तौलाले भन्नभयो, ‘संसदको कानून तथा न्याय समितिमा विचाराधीन रहेको विधेयकलाई पुनः छलफलमा ल्याउने र सहमति गर्ने भनिएको छ। यसका लागि तीन दल क्रमशः कांग्रेस, एमाले र माओवादी केन्द्रबाट एक–एक जना सदस्यलाई जिम्मेवारी दिइने भएको छ।’

तीन जना सदस्य को–को रहने भन्ने विषय एक–दुई दिनभित्रै तोकिने बर्तौलाले जानकारी दिनुभयो। बैठकमा प्रधानमन्त्री प्रचण्डसँगै सत्तापक्ष एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी हुनुहुन्थ्यो।

छलफलमा कांग्रेसका तर्फबाट नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक र राधेश्याम अधिकारी सहभागी थिए । त्यस्तै एमालेका तर्फबाट सहभागी अन्य नेतामा प्रदीप ज्ञवाली, प्रमुख सचेतक महेश बर्तौला, अग्नि खरेल र माओवादीबाट जनार्दन शर्मालगायतका नेता सहभागी हुनुहुन्थ्यो।