अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई सोध्यो स्पष्टीकरण

रास्वपा अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई सोध्यो स्पष्टीकरण


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले पार्टी महामन्त्री डा. मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ। महामन्त्री ढकालले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर पार्टीको अनुशासन आयोगले शुक्रबार स्पष्टीकरण सोधेको हो। 

पार्टीका एक पदाधिकारीका अनुसार, शुक्रबार साँझ रास्वपाको अनुशासन आयोगले उहाँलाई यसको कारण सोध्दै स्पष्टिकरण सोधेको हो। 

‘पार्टी अनुशासन आयोगबाट उहाँ (मुकुल)लाई स्पष्टीकरण सोधिएको हो,’ ती पदाधिकारीले भने, ‘पार्टीबारे बनाइएको प्रतिवेदनका बुँदाहरू किन बाहिर सार्वजनिक गरिएको हो, त्यसको कारण सोध्दै पत्र पठाइएको छ।’

३८ जिल्ला भ्रमणपछि पार्टीको वर्तमान अवस्थाबारे महामन्त्री ढकालले ३२ बुँदे प्रतिवेदन तयार पारेर पार्टी सभापति लामिछानेलाई बुझाउनु भएको थियो।