अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज पाँच संसदीय समितिको बैठक बस्दै

आज पाँच संसदीय समितिको बैठक बस्दै


काठमाडौँ-आज विभिन्न पाँच संसदीय समितिको बैठक बस्दै छ। अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने तय भएको छ।

अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची छ। अर्थ समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

यस्तै कानुन, न्याय तथा मानव अधिकार समितिमा कैलाली कारागारको घटनाबारे गृहमन्त्रीसँग छलफल गर्ने कार्यसूची छ । कानुन समितिको बैठक बिहान १० बजेका लागि तय गरिएको छ।

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा छलफल गर्ने तय भएको छ । यस समितिको बैठक बिहान १० बजेका लागि तय गरिएको छ।

यस्तैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा महालेखापरीक्षकको ६२औँ प्रतिवेदनमा समेटिएका विषयबारे छलफल गर्ने कार्यक्रम छ । यस समितिको बैठक बिहान १० बजेका लागि तय गरिएको छ ।

बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उपसमितिले गरेका निर्णयहरू सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।