अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीचको छलफलमा गृहमन्त्री लामिछाने पनि सहभागी

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीचको छलफलमा गृहमन्त्री लामिछाने पनि सहभागी


काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि सहभागी हुनुभएको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली छलफल भइरहँदा गृहमन्त्री लामिछाने पनि पुग्नुभएको हो। 

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच अहिले छलफल भइरहेको एक स्रोतले जनाएको छ। तीन दलका शीर्ष नेताहरुबीच समसामयिक परिस्थिति र सरकारका कामबारे छलफल भइरहेको स्रोतले बतायो।

एमाले अध्यक्ष ओलीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालकोट पुगेर भेटवार्ता गरेको विषय सार्वजनिक भए लगत्तै आज प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो। तर आजको भेटलाई सत्ता साझेदार दुई दलका नेताहरुबीच नियमित भेटघाट भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।