अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष ओली बालुवाटारमा,राजिनामा गरेर सहमतीय सरकारमा सामेल हुन माओवादीलाई आग्रह गर्ने

प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष ओली बालुवाटारमा,राजिनामा गरेर सहमतीय सरकारमा सामेल हुन माओवादीलाई आग्रह गर्ने


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार जानु भएको छ ।

गएराती मध्यरातमा गठबन्धन गर्ने सहमति गरेपछि अध्यक्ष ओली उक्त सहमतीको औपचारिक जानकारी दिन बालुवाटार जानुभएको हो । एमाले स्रोतका अनुसार अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई राजिनामा दिएर मार्ग प्रशश्त गर्न प्रस्ताव गर्नुहुनेछ । त्यसैगरी आफ्नो नेतृत्वमा गठन हुने सहमतीको सरकारमा सहभागी हुन माओवादी केन्द्रलाई अध्यक्ष ओलीले प्रस्ताव गर्नुहुनेछ ।