अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सङ्घीय देखि स्थानीय तहसम्म व्यवस्थापन परीक्षणमा सक्रियता बढाउन मन्त्री न्यौपानेको  निर्देशन

सङ्घीय देखि स्थानीय तहसम्म व्यवस्थापन परीक्षणमा सक्रियता बढाउन मन्त्री न्यौपानेको  निर्देशन


काठमाडौं-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय भगवती न्यौपानेले निजामती सेवा ऐन, २०४९ को दफा ७२ (क) निजामती सेवा नियमावली, २०५० को नियम ३ (क) तथा व्यवस्थापन परीक्षण निर्देशिका, २०७९ बमोजिम संघीय, प्रदेश र स्थानीय तहका निकायमा व्यवस्थापन परीक्षणको कार्यान्वयनलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।

नेपाल सरकारका विभिन्न संघीय मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयले आफ्ना मातहतका निकायको व्यवस्थापन परीक्षण गरी प्रतिवेदन तत्कालल मन्त्रालयमा पेश गर्न मन्त्री न्यौपानेले निर्देशन दिनुभएको छ। सोही अनुसार, मन्त्रालयले सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र देशभरका ७५३ वटै स्थानीय तहलाई पनि व्यवस्थापन परीक्षण गर्न वा निर्देशिकाको आधारमा आवश्यक कार्यविधि तयार गर्न पत्र पठाउने निर्णय गरेको छ।

गत आर्थिक वर्ष २०८१/०८२ मा १८ वटा संघीय मन्त्रालयसहित २६ वटा निकायको व्यवस्थापन परीक्षण सम्पन्न भएको थियो। चालु आर्थिक वर्ष २०८२/०८३ मा ३० वटा संघीय मन्त्रालय तथा निकायको व्यवस्थापन परीक्षण गर्ने लक्ष्य मन्त्रालयको माइलस्टोनमा समेत समावेश भएको छ।

मन्त्री न्यौपानेले व्यवस्थापन परीक्षणलाई सरकारी सेवा प्रवाहको गुणस्तर सुधार, पारदर्शिता वृद्धि र जवाफदेहिताको महत्वपूर्ण माध्यमका रूपमा लिई सम्पूर्ण निकायमा यसलाई नियमित र प्रभावकारी रूपमा लागू गर्न सम्बन्धित सबै निकायलाई आह्वान गुर्नभएको छ।