काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहँदा केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
देशभर आंशिकदेखि साधारणतया बदली छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ । देशैभर केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
क्ँठम्ँडँैं कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा आज भारी वर्षाको सम्भावना छ ।
विभागले राति देशभर साधारणदेखि पूर्णतया बदली रहने जनाएको छ । सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
प्रतिक्रिया