काठमाडौं राष्ट्रिय तथ्यांक कार्यालयका उपसचिव ढुण्डिराज लामिछाने सहसचिवका लागि सिफारिस हुनु भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समितीको सचिवालयले आज जारी गरेको सुचना अनुसार नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवाको रिक्त रहेको एक सहसचिव पदका लागि लामिछानेको मात्र सिफारिस भएको हो । सो समुहका सहसचिव डिल्लीराज जोशीको केही महिना अघि उमेर हदका कारण अनिवार्य अवकास भएपछि लामिछानेलाई बढुवाको बाटो खुलेको हो।
२०५२ सालमा निजामती सेवामा प्रवेश गरेका लामिछाने राष्ट्रिय तथ्याङ्क कार्यालयको जनसंख्या शाखामा कार्यरत हुनुुहुन्छ। लामिछाने कै नेतृत्वमा २०७८ सालको जनगणना सम्पन्न भएको थियो।
लामिछानेले निजामती कर्मचारीका रुपमा पुर्याएको सेवाको कदर गर्दै सरकारले यस वर्ष उत्कृष्ट निजामाती पुरस्कार पनि प्रदान गरेको थियो । लामिछाने २०६३ सालमा उपसचिवमा बढुवा हुनुभएको थियो । तथ्यांक सम्बन्धी नीति,तथ्यांक विष्लेषणमा विशेष दक्षता भएका लामिछानेकै नेतृत्वमा हाल राष्ट्रिय जनगणना २०७८ का विषयगत प्रतिवेदन लेखन कार्य भइरहेको छ।
प्रतिक्रिया