अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

स्वर्णिम वाग्लेको सचिवालयबाट कुट्ने धम्की आयो, डीएसपीसँग सुरक्षा मागेको छु: मुकुल ढकाल

स्वर्णिम वाग्लेको सचिवालयबाट कुट्ने धम्की आयो, डीएसपीसँग सुरक्षा मागेको छु: मुकुल ढकाल


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीबाट बर्खास्तमा परेका डा. मुकुल ढकालले पार्टी उपसभापति स्वर्णिम वाग्लेकोबाट आफूलाई कुट्ने धम्की आएको दाबी गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत उहाँले भन्ननुभएको छ – ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे , फोन उठाइन। म सँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिनु’ लगायत अनेक भनेकाले  हिजै राति इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु।’

रास्वपाबाट कारबाहीमा परेपछि ढकालले नेतृत्वको भण्डाफोर गर्दै आउनु भएको छ।

सचिवालय