काठमाडौं-प्रधानमन्त्री नियुक्त हुनुभएका केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भेट्न उहाँको निजी निवास पुग्नुभएको छ।
ओलीको निजी सचिवालयका अनुसार ओलीसहित एमालेका केही नेताहरू पनि पूर्व राष्ट्रपति भण्डारीको निवास पुग्नुभएकव हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो।
पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त भएकामा बधाई दिनुभएको छ।
प्रतिक्रिया