काठमाडौं-नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई सञ्चार क्षेत्रमा गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन कामका बारेमा औपचारिक रूपमा महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेको छ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम नेतृत्वको विभागको टोलीले आज संचारमन्त्री गुरूङसमक्ष संचार क्षेत्रका कार्यक्रमका सम्बन्धमा १७ बुँदे र नीतिगत तथा संरचनागत क्षेत्रमा १३ बुँदे सुझाव पेश गरेको हो।
सुझावमा मिडिया काउन्सिल विधेयक पारित गरी मिडिया काउन्सिल गठन गर्नुपर्ने, सार्वजनिक सेवा प्रशारण विधेयक पारित गरी कार्यान्वयन, राष्ट्रिय आमसंचार प्राधिकरणको गठन, श्रमजीवी पत्रकारबाट संचालित साना लगानीका स्वरोजगारमुलक संचारमाध्यमको प्रवर्द्धन, डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन, पत्रकारको स्वास्थ्य बिमा र सरकारी अस्पतालमा नि:शुल्क उपचारको व्यवस्था लगायत छन्।
सुझाव ग्रहण गर्दै संचारमन्त्री गुरूङले यसलाई गम्भीरता कार्यान्वयनमा लाग्ने बताएको केन्द्रीय प्रचार विभागका सदस्य गणेश पाण्डेले जानकारी दिनुभयो।
प्रतिक्रिया