अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

रास्वपा कार्यकर्ताद्वारा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात 

रास्वपा कार्यकर्ताद्वारा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात 


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता तथा रवि लामिछानेका समर्थकहरुले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गरेका छन्। काठमाडौँ जिल्ला अदालत परिसरमा अधिवक्ता त्रिपाठीमाथि रास्वपा कार्यकर्ताहरूले त्रिपाठीमाथि हातपातगरेका हुन् ।

बुधवार रवि लामिछानेमाथिको मुद्दामा बहस सकिएपछि बाहिर निस्कने क्रममा उनीहरूले त्रिपाठीमाथि आक्रमण प्रयास गरेका हुन् । त्रिपाठीले स्वर्णलक्ष्मी सहकारी पीडितका तर्फबाट बहस गरेका थिए । 

आक्रमणमा संलग्न १ जना पक्राउ परेको प्रहरीले जनाएको छ । 

थुनछेक आदेशको पर्खाइमा रहेको आक्रोशित भीडले रवि लामिछानेको विरुद्धमा बहस गरेको भन्दै ‘ठोक्… ठोक्…’ र ‘हान्… हान्…’ भन्दै त्रिपाठीलाई घेरेका थिए। वरिष्ठ अधिवक्ता त्रिपाठीले सहकारी पीडितका तर्फबाट बहस गरेका थिए। उहाँले कास्की जिल्ला अदालत पनि पुगेर बहस गर्नुभएको थियो।

लामिछानेविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ। अदालतले आजै आदेश दिने तयारी गरेको छ।