अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिसन ८४ सफल पार्न एमाले नेता-कार्यकर्ताले गर्नुपर्ने २३ काम

मिसन ८४ सफल पार्न एमाले नेता-कार्यकर्ताले गर्नुपर्ने २३ काम


काठमाडौं-नेकपा एमालेको नेतृत्वमा नेपाली कांग्रेससँगको सहकार्यमा गठबन्धन सरकार बनेको छ। झट्ट हेर्दा यो सरकार अस्वाभाविक र अप्राकृतिक लाग्न सक्छ। फरक विचार, रणनीति, कार्यनीति र कार्यदिशा बोकेका तीव्र प्रतिस्पर्धी एमाले वा नेपाली काँग्रेसको सरकार बन्नु अचम्म मान्नु पर्ने विषय छ। तर वास्तविक यथार्थता यही हो। यो सरकार बन्नुमा यी दुई दलको चाहना भन्दा पनि राष्ट्रिय एजेन्डा र आवश्यकताले दुई प्रतिस्पर्धी दलको सरकार बनेको छ। राजनीतिक अस्थिरता, वैदेशिक हस्तक्षेप, भ्रष्टाचार कुशासन, भूराजनीतिक जटिलता, साना राजनीतिक दलहरूको अस्वाभाविक बार्गेनिङ र चलखेलले राष्ट्रको मुद्दा ओझेल पर्ने अवस्था रह्यो।

सङ्घीय लोकतन्त्र गणतन्त्र र समावेशी समानुपातिक प्रजातान्त्रिक पद्धतिको रक्षा विकास र शुद्धीकरण,  संविधान संशोधनको मुद्दालाई आत्मा साथ गर्दै दुई ठूला राजनीतिक दलहरूले मिलेर सरकार बनाउन पर्ने बाध्यात्मक अवस्था देखिएको हो। यत्ति बेर सरकारसँग नेपाली जनताका अपेक्षा ह्वातै बढेका छन्। जनताको अपेक्षा पुरा गर्न नसके सरकार बनाउने औचित्य र प्रयोग भएका  सबै अभ्यास असफल देखिने खतरा छ। अब  यो सरकारलाई असफल हुने छुट छैन। त्यसैले जनताको निम्न अपेक्षा सम्बोधन जरुरी छ।

१. खस्कदो अर्थतन्त्रलाई सुधार गर्ने देखि राजनीतिप्रति निराश बन्दै गएको जनता विशेष त युवराजगतको आशा र चाहनालाई सम्बोधन गरी परिणाम नतिजा दिने।

२. शिथिल कुटनीतिक क्षेत्रलाई प्रभावकारी रूपमा परिचालन गरी छिमेक सम्बन्धमा सन्तुलन कायम गरेर  एमालेको पालामा जारी गरेको चुच्चे नक्साले समेटेको भू-भाग लिपुलेक कालापानी, लिम्पियाधुरा सहित नेपाली भूमि फिर्ता गर्ने पहल कदमी गर्ने। प्रबुद्ध समूहले  तयार पारेको ईपिजी प्रतिवेदन भारतले बुझ्न मानेको छैन। यसलाई बुझाउने प्रक्रिया थाल्नु पर्ने।

३. चीनसँग भएको बीआरआई सम्झौता कार्यान्वयन गर्न  सम्झौता गरिनु पर्ने।

४. भ्रष्टाचार विरुद्धको अभियान सञ्चालन गर्दै शुसान प्रवर्धन गर्नु र गराउनु पर्ने।

५. विगतमा आफूले थालेको विकास योजना कार्यान्वयन गर्दै लैजानु पर्ने।

६. आर्थिक विकास मार्फत रोजगारी श्रृजना गरी गरीबी निवारण गर्नु पर्ने।

७. समग्रतमा समृद्ध नेपाल, सुखी नेपालीको  राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु पर्ने।

यसको लागि सत्ता समिकरणमा संलग्न दलहरुसँग समन्वय, संवाद र सहकार्यलाईलाई निरन्तर गर्दै सन्तुलन बनाई राख्नु पर्ने छ। नेकपा एमालेको ध्येय माथिका जनताका अपेक्षा र मुद्धाको  सम्बोधनले मात्र पुरा हुँदैन। यसको अतिरिक्त पार्टीको मूल लक्ष्य, उद्धेश्य भनेको एमालेलाई निर्णायक  राष्ट्रिय  शक्ति बनाउन हो। यसको लागि पार्टीव्यापी संगठन शुद्धिकरण र सुदृढिकरण गर्नु हो। वि.सं. २०८४ को निर्वाचनमा एकल बहुमतको सरकार निर्माण गरी संविधानत नेपाली जनताको राष्ट्रिय  आकांक्षा विकास र समृद्धिको अभियान अघि बढाउनु नै हो।

पार्टीको १०औं  राष्ट्रिय महाधिवेसनको राजनीतिक कार्यदिशा पूरा गर्नु हो। यसको लागि पार्टी कार्यकर्ताहरूमा देखिएका केही प्रवृत्तिगत कमजोरीहरु हटाउनु आवश्यक छ। पार्टीमा अहिले विभिन्न कमिटीमा बस्न मरिहत्ये गर्ने, कमिटी बैठकमा उपस्थिति जनाउने र सेल्फि खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने प्रवृत्ति बढेको छ। पार्टी सदस्यता मुश्किलले नविकरण गर्ने र नेताहरुलाई खुईल्याउने कार्यकर्ताहरुको जमात बढ्दै गएको छ। पठनसंस्कृती अभाव, लाइक माइन्डेडका नाममा खानपीनको आवार संस्कृति बढेको छ। व्यक्ति विशेषलाई धुरी मानेर चल्ने र पार्टीको निर्देशन नमान्ने प्रवृति पनि झाँगिदै गएको छ। गणितीय कार्य सम्पादन गर्ने “एस” म्यान को कमिटी बनाउने र कमिटी जितेको गर्व  गर्ने तरिकाले आजको  राजनीति चुनौतीको सम्बोधन हुँदैन। प्रतिद्वन्दीलाई पराजीत गरी श्रेष्ठता हासील गर्नु आजको राजनीतिक कार्यभार हो। त्यसैले पार्टी कार्यकर्ता एमालेको र पार्टीको हुनु जरुरी छ। कमिटी पार्टीको हुनु पर्दछ। आराजक, पतनमुखी संस्कृति र दक्षिणपन्थी बिसर्जनवादको सोच  बोकेर ब्यक्तिबादको जामा पहिरेर  नेकपा एमालेको राजनीतक कार्यदिशा पुरा गर्न सकिंदैन। यसरी नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बन्दैन। पार्टी र कार्यकर्ता क्रान्तिकारी हुन सक्दैन। शुद्ध चित भएका अनुशासित क्रान्तिकारी पार्टी कार्यकर्ताको पंक्तिद्वारा बनेको सुद्दृढ पार्टी कमिटीले मात्रले निर्धारण गरेको पार्टीको लक्ष्य भेटन सक्छ। पार्टीको लक्ष्य पूरा गर्न सक्छ। पार्टीका नेता तथा कार्यकर्ताहरुले पार्टी कामको महत्व बुझ्नु पर्दछ। नेपालको कम्युनिष्ट आन्दोलनको प्रवद्र्धन गर्न श्रमजीवी वर्गको राज्यसत्ता निर्माण गर्नको लागी लोकतान्त्रिक प्रतिस्पर्धाबाट श्रेष्ताठ हासिल गरी जनबवदको सुदृड्डीकरण गरी राष्ट्रिय पुँजीको निर्माण गरि समाजवादको आधार निर्माण गर्न  समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नु पर्दछ। यसको लागि नेकपा एमालेमा केपी शर्मा ओलीको नेतृत्वको विकल्प छैन। हामी संग सहि  नीति छ। नेतृत्व छ। कार्यक्रम छ। संगठन छ। संगठानात्मक सिद्धान्त छ। तर पनि किन पार्टीले लक्ष्य भेटाउन सकेको छैन ?

हामीसँग लाखौ पार्टी सदस्य र विशाल कार्यकर्ता पंक्ति छ तर पनि हामीले पार्टीको ध्येय र उद्धेश्य पूरा गर्न सकेनौं । कारण हामीले निष्ठा ईमान्दारीता अनुशासनबाट लैस भएका कार्यकर्ता पंक्ति निर्माण गर्न सकेनौं । कार्यकर्तालाई पार्टी काम के हो बुझाउन सकेनौं। पार्टी कार्यकर्ताले पार्टी काम भनेको कमिटीको पदधारण र नेतृत्वको सामिप्यता कृतिम प्रतिवेदन र आर्शिवाद नै पार्टी काम हो भन्ने बुझाइले ठाउँ लिंदै छ। केन्द्रीय पार्टी कार्यालय घुम्ने नेतासँग फोट खिच्ने, फोटो  खिचेपछि सन्तोष व्यक्त गर्ने र पोष्ट गर्ने त्यसबापत पार्टीमा प्रमोशन पाउन सक्नेछ भन्ने गल्ति बुझाईले प्रश्रय पाएको कारणले इमान्दार पार्टी कार्यकर्ता कामबाट बिमुख हुने र नयाँ  कार्यकर्ताले पार्टा कामको महत्व फरक ढंगले बुझने वा नबुझनाको कारण पार्टीकाम ठीक ढंगले भएका छैनन्। त्यसैले पार्टीका हरेक नेता-कार्यकर्ताले निष्ठा र इमानका साथ पार्टी र सांगठनिक जीवनमा सम्पादन गर्नु पर्ने कामलाई निम्नानुसार २३ बुँदामा चर्चा गर्ने प्रयास गरिएको छ।

१) राजनीतिक काम: लोकतान्त्रिक प्रतिस्पर्धाबाट विपक्षलाई पराजित गरी श्रेष्ठता कायम गर्ने नीति बोकेको पार्टीले सबै नीतिको मूल नीति राजनीति हो भन्ने मान्यतालाई आत्मा साथ गर्दै विजय हुने र सरकार निर्माण गरी विकास र समृद्धिको मूल मार्गमा अगाडी बढ्ने  हो। कार्यनीतिको आधारमा निर्वाचन वर्ग संघर्षकै  मोर्चा हो। यसमा हार्नु हुँदैन त्यसैले पार्टीका हरेक नेता-कार्यकर्ता राजनीतिक कामलाई वर्गीय आन्दोलनको रूप बुझी लडाइँमा सधैं जित्न तयारी हुने सधैँ सक्रिय र सक्षम लगनशील क्रियाशील हुनुपर्छ। 

२. वैचारिक क्षमता: राजनीतिमा दर्शन विचार र वर्ग पक्षधरता महत्वपूर्ण पक्ष हो। राजनीति पार्टीका हरेक नेता-कार्यकर्ताहरुमा स्पष्ट विचारको लागि पार्टी प्रशिक्षण आवश्यक हुन्छ। त्यही विचारले राजनीतिलाई निर्देशित गर्नुपर्छ। नेकपा एमालेका नेता-कार्यकर्ताले वैचारिक रुपमा मार्क्शवाद लेनिनवाद र  जनताको बहुदलिय जनवाद (जबज) को मार्ग दर्शनमालाई आत्मा साथ गर्दै अगाडी बढनु पर्दछ। विचारको प्रष्टतालेनै सबैखाले अरादकतार दक्षिणपन्थी अबसरबादलाई पराजित गर्न सक्छ।

३) संगठनको काम : नेकपा एमाले लेनिनवादी संगठनात्मक सिद्धानतलाई पाल्न गर्ने पार्टी हो। जनआघारिक कार्यकर्ता  पार्टी हो।  कमिटी प्रणालीलाई व्यस्थित गर्दै संगठनको कामलाई महत्वपूर्ण रुपमा अघि बढाउनुपर्छ। कमिटीहरु दुरुस्त राख्ने, नियमित बैठक, सदस्यता विस्तार, नविकरण र प्रशिक्षण गर्ने कामलाई निरन्तर गर्ने र अभिलेख राख्ने जस्ता काम महत्वपूण ढंगले सम्पादन गर्नु पर्दछ।

४) आर्थिक कामः कमिटीलाई परिचालन गर्न र विभिन्न सामाजिक, वैचारिक र राजनीतिक अभियान अघि बढाउन पार्टी कमिटीहरुलाई आर्थिक रुपमा बलियो बनाउन आवश्यक हुन्छ। त्यसको लागि लेविको व्यवस्थापन, सदस्यता शुल्कको नियमितता, आर्थिक हिसाब-किताबको चुस्त राख्दै आबधिक लेखापरिक्षण गरी आर्थिक पारदर्शिता कायम राख्नु पर्दछ।

५) पार्टी प्रचारको कामः पार्टीकामको महत्वपूर्ण अंग पार्टी प्रचार हो। सूचनाको युगमा प्रचारका सबै माध्यमा डिजीटल लगायत सामाजिक संजालको प्रयोगमा पार्टी कार्यकर्ता चनाखो र सिपीलु हुनुपर्छ। कमिटीका निर्णयहरु सदस्यहरुमा पुर्‍याउन सूचना आदान-प्रदान ज्यादै महत्व छ। त्यसैले हरेक कमिटी र सदस्यले प्रचारको कामलाई व्यवस्थित र नियमित ढङ्गले अघि बढाउनुपर्छ। सामाजिक संजालको प्रयोग गल्त ढंगले हुन वर्तमान परिपाटीबाट पार्टी पंक्ति बच्नु पर्छ।

६) कार्यालय सञ्चालनः पार्टी गतिविधिलाई नियमित, संस्थागत र व्यवस्थित गर्न कार्यालयको संरचना तथा व्यवस्थापन महत्वपूर्ण हुन्छ। त्यसैले हरेक कमिटीले पार्टी कार्यालको व्यवस्था गरी सञ्चालनलाई चुस्त र नियमित गर्नु आवश्यक हुन्छ।  सबै कीम कार्यलय मार्फत चलाउनु पर्छ।

७) निर्वाचित जनप्रतिनिधि परिचालनः राजनीतिक कार्यदिशा पूरा गर्ने माध्याम निर्वािचित जनप्रतिनिधी हुन्। तिनै तहका जनप्रतिनिधि परिचालन पार्टीको सबैभन्दा महत्वपूर्ण काम हो। नागरिकको सेवा सुविधा शुसान कायम गर्ने काम जनप्रतिनीधिको काम हो । यो कीम पार्टी कमिटीले  गर्न सक्दैन। त्यसको लागि पार्टीको घोषणापत्र, मुलभूत सिद्धान्त र कार्ययोजना अनुसार कार्यनुवयन पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले गर्नुपर्दछ। जनप्रतिनिधीपार्टी कार्यकर्ता हुनभन्ने कुरा बिर्सनु हुँदैन । यसै आघरमा पार्टी र दनप्रतिनीधि परिचालाति हुनु पर्दछ।

८) जनसंगठन परिचालनः नेकपा एमालेको पार्टी कार्यकर्ता र सदस्यको मुहान जनसंगठन हुन् । शक्तिको रुपमा विद्यार्थी, युवा, मजदूर, राष्ट्रसेवक, व्यवसायी, किसान, महिला, जनजाती, दलित लगायत सबै वर्ग, पेशा र तहको २३ जनसंगठन रहेका छन्। ती जनसंगठनहरुलाई मूल नीति र उदेश्य अनुसार परिचालन गर्नु आवश्यक हुन्छ। समुदायलाई जनसंगठनमा आबद्ध गरी जनसरोरारका मुद्दा उठाई जनदबाब र जन संघषको लागि परिचालित गर्नुपर्छ !

९) जनसरोकारका मुद्दा उठाउनेः पार्टी सरकारमा रहदा होस वा प्रतिपक्षमा रहदा हरेक अवस्थामा जनसरोकारका विभिन्न विषयहरु लाई प्राथामिकताका साथ उठाउने र त्यस्ता विषयहरुको समाधानको लागि पार्टीका नेता-कार्यकर्ताले नेतृत्वदायी भूमिका निर्वाह गर्न आवश्यक हुन्छ। सरकार हुँदा घोषण पत्रको कार्यन्वयन र बिपक्षमा हुँदा दबाब र जनसंघर्ष गरी जनताका माग संबोधन गर्न परितालित हुनुपर्छ।

१०) विकास र समृद्धिको अभियानः नागरिकको सम्पन्नताको लागि विकास र समृद्धि नै अहिलेको आवश्यकता हो। त्यसैले पार्टीका हरेक नेता-कार्यकर्ताले विकास र समृद्धिको अभियानमा नेतृत्व गर्ने, अभियान सञ्चालन गर्ने र अभियानमा सहभागि हुने कुरालाई प्राथामिकता दिनुपर्छ । जनताका विकासको मुद्दा उठाउन र समाधानको नेतृत्व निरन्तर गर्नु पर्दछ।

११) उद्यमशिलताको अभियानः मुलुकको विकास र आर्थिक बृद्धि  लागि ठूला तथा साना उद्योगहरुको स्थापना, सञ्चालन र व्यवस्थापन महत्वपूर्ण हुन्छ। स्वाधिन आत्मानिर्भर अर्थतन्त्र निर्माणआजको चुनौति हो।  त्यसैले पार्टीका हरेक नेता-कार्यकर्ता उद्यमशिलताको अभियानमा सक्रिय बन्नु पर्छ। उधमी बन्नपर्दछ। सबै नेता  तथा कार्यकर्ताले नेपाली कानूनको अधिनमा रही चाहेको उघोग संचाल्न गर्न सकछन् । उधमी र उधोग स्थापना गरेमात्रै राष्ट्रिय पुँजीको विकास हुन्छ। ब्यक्ति र परिवार र समाजको सम्पन्नका उधमशिलता मा भर पर्ने हुनाले उधमशिलतामा कार्यकर्ता परिचालित हुनु र गर्नु पर्दछ।

१२) जनपरिचालन, जनदवाव र संघर्षः कम्युनिष्ट पार्टी र नेता कार्यकार्ता विभिन्न स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा जन संघर्ष संचालन गर्नु पर्दछ। आज पार्टी पंक्ती जनदबाब र जन संघर्षबाट बिमुख हुने स्थिति आएको छ। कार्यकर्ता कतिपय अवस्थामा पराधिन आश्रित र पलायन हुन स्थिति भएको छ। त्यसैले समृद्धि, नागरिकको सुरक्षा र समुन्नतीको लागि जनपरिचालन, जनदबाब तथा संघर्ष आवश्यक हुने भएकोले यसको लागि समेत तयार रहनुपर्छ त्यसको नेतृत्व गर्न पार्टी हरदम तयारी अबस्था रहनुपर्छ।

१३) आत्मनिर्भर, स्वाभिमान कार्यकर्ता निर्माणः पार्टी अनुशासन र सक्रियताको लागि हरेक कार्यकर्ता आत्मनिर्भर र स्वाभिमान हुन जरुरी छ। त्यसैले पार्टीका नेताहरुले आफू पनि आत्मनिर्भर र स्वाभिमान बन्ने र कार्यकर्तालाई पनि त्यसको लागि सहयोगी हुवयन तथा सहकार्य गर्नु आवश्यक छ।

१४) परिवारको व्यवस्थापनः पार्टी कमिटीको चुस्तता र संगठन निर्माण अभियानमा निरन्तर लाग्न कार्यकर्र्ता सबै समस्य र झन्झटबाट मुक्त हुनुपर्छ त्यलैको आघरमा नेता-कार्यकर्ताको सक्रियता बढछ। सहजै महत्वपूर्ण काम सम्पादन हुन्छ। हरेक नेता-कार्यकर्ता सक्रिय हुन पहिले उसले परिवारको व्यवस्थापन गर्न सक्नुपर्छ। त्यसैले हरेक कार्यकर्तालाई परिवार व्यवस्थापनको लागि आवश्यक मार्गदर्शन र सहयोग गर्नुपर्छ।

१५) सुशासन र भ्रष्टाचार विरुद्धको संघर्षः व्यक्तिगत, सामाजिक र राजनीतिक जीवनमा हरेक पार्टी कार्यकर्ताको आर्थिक अनुशासन सबैभन्दा महत्वपूर्ण हुन्छ। आार्थिक जीबन सवच्छ नैतिकवान बनाई पार्टीका हरेक नेता-कार्यकर्ताले सुशासन र भष्टाचार विरुद्ध संघर्ष गर्न जरुरी हुन्छ। यसकोलागि नेतृत्वदायी भूमिका निभाउनु पर्छ।

१६) अनुशासन पालनाः व्यक्तिगत सफलताको लागि अनुशासन महत्वपूर्ण हुन्छ। व्यक्तिको सफलतामा पार्टीको सफलता जोडिएको हुन्छ। त्यसैले हरेक कार्यकर्ताले अनुशासन पालना गर्नु जरुरी हुन्छ। पार्टी जीवनमा पार्टी अनुशासनको ज्यादै महत्वछ। पार्टी कार्यकर्तामा ऊच्च कम्युनिष्ट  अनुशासन र आचरण र ऊत्च नैतिकता पालन गरिनु पर्दछ।

१७) द्वन्द्व समाधानः पार्टी भित्र बाहिर समुदाय र समाजमा बिभिन्न विषयमा अन्तरबिरोघ र द्वन्द्व भै रहन्छ। एउटा कुशल नेता– कार्यकर्ताको सफलता ऊत्पन्न  द्वन्द्व व्यवस्थापन समाधान गर्न सक्षम हुनु पर्दछ। आफनु काराण अन्तरबिरोघ श्रृजनाहोस अन्यत्रबाट उत्पन्न अनरबिरोध हल गर्न  सक्षम हुनु सफल नेताको मापन हुन्छ।

१८) निर्देशन पालना गर्नु गराउनु: पार्टी जीवनमा उपल्लो कमिटी र नेताबाट प्राप्त हुने निर्देशन पालना गर्ने र तल्लो कमिटी तथा आफू मातहत कार्यरत कार्यकर्तालाई निर्देशन पालना गराउनु सिपालु हुनुपर्छ। अहिले देखिएको संहठान्तमक अराजकता संगठन र व्यक्तिमा प्रवेस हुन दिनु हुँदैन।

१९) सामुदायी, सामाजिक र सांस्कृतिक कार्यहरुमा सहभागी पार्टीका हरेक नेता-कार्यकर्ता पार्टी संगठनको काममा मात्र नभै हरेक सामाजिक, सामुदायिक र सांस्कृतिक अभियानहरुमा समेत सहभागी हुनुपर्छ। यसले पार्टीको सफलतामा सहयोग पुग्नेछ। यो जनआधिरित कार्यकर्तको महत्वपूर्ण मापन हुनेछ।

२०) अनुगमनः हरेक नेता-कार्यकर्ताले व्यक्तिगत, सामूहिक र पार्टीगत रूपमा गरेका  निर्णय कार्यन्वयनको अवस्था, कामहरूको नतिजा र कमीकमजोरी जान्नको लागि त्यस्ता कामहरूको नियमित अनुगमन गर्न र मूल्याङ्कन जरुरी हुन्छ। र कामको आधारमा कार्यकर्ताको मूल्याङ्कन गर्न परिपाटी सुरुवात गर्नुपर्छ। जसबाट कार्यकर्ता  नेता र नेतृत्वमुखी हुने परिपाटीको अन्त हुन्छ। पार्टी भित्र कमिटी गत मूल्याङ्कन प्रणाली विकास हुन्छ। आजको आवश्यकता पनि यही हो।

२१) निर्णायक राष्ट्रिय शक्ति निर्माणः मुलुकको समृद्धि र नागरिकको समुन्नतिको लागि नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनै पर्छ र त्यसको लागि आम नेता-कार्यकर्ताको सक्रियता आवश्यक हुन्छ। कम्युनिस्ट पार्टीको लागि राष्ट्रिय शक्ति भनेकै श्रमजीवी वर्ग  किसान, मजदुर , गरीब, विपन्न , निम्न पुँजीपति वर्ग र राष्ट्रिय  पुँजीपति वर्गको एकता उनीहरू के सहयोग समर्थनमा राजनीतिक आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तपण गर्नुपर्दछ। यसको लागि हाम्रो नेतृत्वदायी  भूमिका आवश्यक छ।

२२) आलोचना र आत्मआलोचनाः कम्युनिष्ट पार्टीका नेता-कार्यकर्ताको एउटा महत्वपूर्ण काम र विशेषता भनेको कमिटी भित्र आलोचना र आत्मआलोचना पदतिको विकास गर्नु हो। काम गर्ने क्रममा कमी कमजाेरी हुन सक्छ यस्तो अवस्थामा हरेक नेता– कार्यकर्ताले आलोचना र आत्मआलोचना चेतको मूल विषय मान्ने र अगाडि बढ्नुपर्छ। कतिपय समयमा स्वआलोचनको पदतिलाई पार्टी कमिटी भित्र स्थापित गर्न सक्नुपर्छ। जसको कारण पार्टीभित्र रबाहिर गल्त संस्कारको अन्त हुन्छ। पार्टी कन्चन र निर्लमुल हुन्छ।

२३) निर्वाचन जिताउनु: नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन राजनीतिक कार्य दिशा  शान्तिपूर्ण संवैधानिक ढङ्गबाट लोकतान्त्रिक प्रतिस्पर्धाको माध्यमबाट श्रेष्ठता हासिल गरी जनवादी व्यवस्थाको सुदृढीकरण गरी राष्ट्रिय पुँजीको निर्माण गरी समाजवादको निर्माण गर्नु भनेकै निर्वाचन जित्नु र जिताउनु हो। संसदीय राजनीतिक पद्धतिमा निर्वाचन महत्त्वपूर्ण हुन्छ। निर्वाचनमा बहुमत ल्याएर स्थानीय, प्रदेश र सङ्घीय सरकारमा  रहन सके मात्र नागरिकको पक्षमा काम गर्न सकिन्छ। त्यसैले पार्टीलाई हरेक मोर्चामा निर्वाचित गराउन पार्टीका नेता-कार्यकर्ता सक्रिय बन्नुपर्छ। 

नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले हरेक पटक जन पक्षीय काम गरेको छ र यो पटक पनि त्यसको निरन्तरता देखिन्छ। तर पार्टीको एकल बहुमतको सरकार नभै सबै कुरा पूरा गर्न सकिने अवस्था हुँदैन त्यसैले उल्लेखित २३ बुँदे विषय अवलम्बन गर्न सबै नेता कार्यकर्ताको सतर्कता, सजगता र सक्रियता पूर्वक प्रण गर्नु आवश्यक छ। निर्णायक विजयको लागि निर्वाचनरूपी वर्ग संघर्षमा विजय हौ र समाजवादको आधार निर्माण गरौं।

(लेखक नेकपा एमालेको पोलिटब्युरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज हुन।)