अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली र डा. भट्टराईबीच भेटवार्ता

प्रधानमन्त्री ओली र डा. भट्टराईबीच भेटवार्ता


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली र नेसपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।

भेटका क्रममा संक्रमणकालीन न्यायसम्बन्धी विषयमा कुराकानी भएको र संक्रमणकालीन न्यायसम्बन्धी कानून बनेकोमा भट्टराईले सरकारलाई धन्यवाद दिएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी गराउनु भएको छ।

प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘मेरा मित्र, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईजीसँग भेट भयो । संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेकोमा उहाँले धन्यवाद दिनु भयो । समसामयिक राजनीतिक विषयमा समेत छोटो कुराकानी भयो।’