अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थ मन्त्रालयका सहसचिव मैनाली कृषि विकास बैंकको सञ्चालकमा नियुक्त

अर्थ मन्त्रालयका सहसचिव मैनाली कृषि विकास बैंकको सञ्चालकमा नियुक्त


काठमाडौं-नेपाल सरकारको स्वामित्वमा रहेको कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको सदस्यमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त हुनुभएको छ।

नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयले कृषि विकास बैंकको सञ्चालकमा मैनालीलाई नियुक्त गरेको हो।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन-२०७३ बमोजिम मैनालीले संस्थाको सञ्चालक समिति सदस्यको सपथ लिएको बैंकले जनाएको छ।

नवनियूक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको सहसचिव पदमा कार्यरत हुनुहुन्छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियुक्त सञ्चालक सदस्य दीर्घराज मैनालीलाई बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराउनु भयो।

उक्त अवसरमा कृषि विकास बैंकका सञ्चालक सदस्यहरु संजिव कुमार कर्ण, गोविन्द प्रसाद भट्टराई संजिव पौडेल, विनोद कुमार गुरांगाई, श्रीमती रीता सुवेदी कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिति रहेको थियो ।