अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संवैधानिक परिषद्को बैठक स्थगित

संवैधानिक परिषद्को बैठक स्थगित


काठमाडौं-संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ५ बजे बस्नेगरी बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो।

संवैधानिक परिषदको सचिवालयले २८ भदौंको अपरान्हसम्मका लागि बैठक सारिएको भनी सूचना पठाएको हो।

आजको बैठकमा प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल गर्ने तयारी थियो । त्यस्तै उपसभामुख इन्दिरा रानालाई सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुखबाट हटाउने तयारी गरिरहेका छन्।

संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहन्छन्।