अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीद्वारा सभापति देउवालाई जन्मदिनको शुभकामना

प्रधानमन्त्री ओलीद्वारा सभापति देउवालाई जन्मदिनको शुभकामना


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवलाई जन्मदिनको अवसरमा दोसल्ला ओढाएर शुभकामना दिनुभएकाे छ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले सभापति देउवालाई जन्मदिनको शुभकामना दिँदै दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो।

प्रधानमन्त्री ओलीले सभापति देउवालाई जन्मदिनको शुभकामना दिंदै सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्नुभएको छ।

फेसबुकमा देउवालाई मेन्सन गर्दै प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, ‘आज पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ। प्रमुख तीन दलका नेताहरुसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो। आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो। सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी !!’

संवैधानिक परिषद्को बैठकका लागि परामर्श र समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो।