अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजिएको भन्दै महासंघको विरोध

प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजिएको भन्दै महासंघको विरोध


काठमाडौं-नेकपा एमालेनिकट प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई पक्राउ गर्न प्रहरीले प्रयास गरेको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको छ।

प्रेस काउन्सिलको अधिकार क्षेत्रलाई हस्तक्षेप गर्दै प्रहरीले पक्राउ गर्न खोज्नुले प्रेस स्वतन्त्रततामाथि गम्भीर आघात पुगेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछ,’ विज्ञप्तिमा भनिएको छ।

आज साइबर ब्युरोबाट खटिएको प्रहरी टोली बस्नेतलाई पक्राउ गर्न हार्दिक होटलमा पुगेको थियो। अध्यक्ष बस्नेत सो होटलमा एउटा कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । प्रहरीले पक्राउ गर्न खोजेपछि आफूहरूले प्रतिवाद गरेको चौतारीका उपाध्यक्ष राजेश राईले बताउनु भयो।