अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सीटीईभीटीका कर्मचारीले घुस मागे तत्काल फोन गर्न शिक्षामन्त्री भट्टराईको आग्रह

सीटीईभीटीका कर्मचारीले घुस मागे तत्काल फोन गर्न शिक्षामन्त्री भट्टराईको आग्रह


काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सीटीईभीटीबारे जनगुनासो आइरहेको भन्दै कर्मचारीले ‘लेनदेन’ गरे तत्काल फोन गर्न आग्रह गर्नुभएको छ।

मन्त्रालयका चारवटा नम्बर र इमेलसमेत सार्वजनिक गर्दै मन्त्री भट्टराईले तत्काल फोन गर्न आग्रह गर्नुभएको हो।

मन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘सीटीईभीटीसँग सम्बन्धित सम्बन्धन, परीक्षा प्रमाणपत्र लगायतका काममा कार्यालयका प्रमुख, निर्देशक र कर्मचारीले अनावश्यक दबाब दिएको, काममा ढिलाइ गरेको र लेनदेन समेत गर्ने गरेको गुनासा प्राप्त भएकोले यदि कोहीकसैबाट यस्तो भएको भए सप्रमाण मन्त्रालयमा जानकारी गराइदिनुहुन अनुरोध गर्दछु।’

मन्त्री भट्टराईले मन्त्रालयको इमेल ठेगाना तथा सम्पर्क नं ९८४१५४९४२८, ९८४६२६१५३९, ९८५१३६२८४४, ९८५१३५९७८१ मा खबर गर्न आग्रह गर्नुभएको छ।