अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समाचार लेखेकै आधारमा अध्यक्ष गणेश बस्नेतलाई पक्राउको प्रयास, प्रेस चौतारी नेपालद्वारा देशभर विरोध

समाचार लेखेकै आधारमा अध्यक्ष गणेश बस्नेतलाई पक्राउको प्रयास, प्रेस चौतारी नेपालद्वारा देशभर विरोध


काठमाडौं-प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई समाचार लेखेकै आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गर्न खोजेपछि देशभरका पत्रकारहरूले विरोध जनाएका छन्।

जनता टाइम्स अनलाइनका अध्यक्ष समेत रहनुभएका बस्नेलाई बिहीबार दिउँसो काठमाडौंको बागबजार स्थिति हार्दिक होटेलमा आयोजित कार्यक्रममा सहभागी भइरहेको बेला साइबर ब्युरोका प्रहरी पक्राउको प्रयास गरेका थियो। कार्यक्रममा उपस्थित अन्य पत्रकारहरूले त्यसको प्रतिवाद गरेपछि पक्राउ गर्न गएको प्रहरी त्यतिकै फर्किएको थियो।

अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर बस्नेतलाई प्रहरीले पक्राउ गर्न खोजेकोमा प्रेस चौतारी नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संगठनको कार्यक्रम भइरहेको बेला बिहीबार दिउँसो ४ बजेतिर नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोको अधिकारी भन्दै सादा पोसाकका प्रहरीले अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेको प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

समाचारमा चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी दिने कानुनी व्यवस्था हुँदाहुँदै जनता टाइम्स डटकममा समाचार लेखेकै कारण अपराधी जसरी सुनियोजित रूपमा बस्नेतलाई पक्राउ गर्न खोजिनु स्वतन्त्र प्रेस र देशको कानुनको समेत ठाडो उल्लङ्घन रहेको प्रेस चौतारी नेपालको ठहर छ। ‘घटनाको निन्दा र भर्त्सना गर्दै घटनाको छानबिन गर्न मागसहित आगामी दिनमा यस्ता हर्कत नदोहोर्‍याउन हामी चेतावनी दिन चाहन्छौँ, अन्यथा त्यसबाट उत्पन्न परिस्थितिको जिम्मा स्वयम् सम्बन्धित निकायले लिनुपर्नेतर्फ बेलैमा सचेत गराउन चाहन्छौँ’, विज्ञप्तिमा लेखिएको छ।

सो घटनाको प्रेस चौतारी नेपालका प्रदेश तथा जिल्ला शाखाहरूले पनि विरोध जनाएका छन्। प्रेस चौतारीले घटनाको देशैभरीबाट विरोध जनाएको छ। नेपाल पत्रकार महासंघले पनि घटनाको विरोध जनाउँदै विज्ञप्ति जारी गरेको छ।