काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको बुढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटल लेमट ट्रि प्रिमियरको आज उद्घाटन गर्नुभएको छ।
रु.साढे दुई अर्बको लगानीमा पाँच वर्षमा निर्मित सो एक सय दुई श्यैयायुक्त होटलको प्रधानमन्त्री ओलीले आज आयोजित कार्यक्रमबीच उद्घाटन गर्नुभएको हो । यस होटलले नेपालको समृद्धि र विकासको यात्रामा टेवा दिन सक्ने अपेक्षा व्यक्त गर्दै प्रधानमन्त्री ओेलीले पर्यटनलाई आकर्षित गर्न नेपालमा सुन्दर स्थल र वातावरण रहेको तथा सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको सुनाउनुभयो।
प्रधानन्त्री ओलीले सरकार मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउने प्रक्रियामा रहेको र सुशासनसहित छिटो छरितो राज्यका सेवाहरु जनतालाई दिन सरकार अग्रसर रहेको स्पष्ट गर्नुभयो। ‘तपार्ईँ व्यवसायीहरुले निर्वाधरुपमा व्यवसायिक काम गर्न सक्नुहुन्छ । काम गर्नका लागि कहीँ कतै नजराना बुझाउनु पर्दैन । सरकारी निकायमा हुनुपर्ने कामको फाइल रोकिँदैन। कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्ने ट्रयाकिङ्का लागि हामीले प्रविधि बनाइसकेका छौँ।’, प्रधानन्त्री ओलीले भन्नुभयो, ‘तपाईँहरु पर्यटकलाई सेवा र सत्कार दिने काममा ढुक्कले लाग्नुस्। सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुने छैन ।’
प्रतिक्रिया