अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल दक्षिण कोरीयासँग सहकार्य गर्न तयार: भौतिकमन्त्री दाहाल

नेपाल दक्षिण कोरीयासँग सहकार्य गर्न तयार: भौतिकमन्त्री दाहाल


काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार विकासमा नेपाल दक्षिण कोरीयासँग सहकार्य गर्न तयार रहेको बताउनु भएको छ।

नेपालस्थित कोरीयाली दूतावासले शनिवार काठमाडौंमा आयोजना गरेको नेपाल कोरीया ईन्फ्रा विज नाईटलाई संवोधनका क्रममा उहाँले नेपालको समृद्धीमा छिमेकी मुलुकहरुसँगको सहकार्य जरुरी रहेको बताउनु भएको हो। मन्त्री दाहालले उत्पादनमूलक र ठुला परियोजनाहरुमा नेपाल र कोरीया विचको सहकार्य उपयोगी हुने पनि उल्लेख गर्नुभयो । कोरीयाले पछिल्लो ५ दशकमा गरेको विकास र प्रगती उदाहरणीय रहेको भन्दै मन्त्री दाहालले पछिल्ला ३ दशकको प्रगती सिक्न लायक रहेको पनि बताउनुभयो।

कार्यक्रममा नेपालका लागि दक्षिण कोरीयाली राजदूत टी योङ पार्कले नेपालसँग पूर्वाधार निर्माण, जलविद्युत लगायतका क्षेत्रमा सहकार्य हुँदै आएको भन्दै दुई देश विचको सम्वन्ध प्रगाढ रहेको उल्लेख गर्नुभयो। यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाली उद्योगीहरु किरण शाखः, रविभक्त श्रेष्ठ लगायतले दुई देशको विचको सहकार्यबाट नेपालको समृद्धीमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो।

सोहि कार्यक्रममा परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको पूर्वाधार क्षेत्रमा भई रहेका अभ्यास र प्रगती समेटिएको प्रस्तुती राख्नु भएको थियो भने कोरीया एक्सप्रेस कर्पोरेशनका तर्फबाट प्रमुख ईन्जिनियर वेङ्ग्सु किमले कोरीयाली प्रविधिका बारेमा समेटिएको प्रस्तुती पेश गर्नु भएको थियो।