अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने वार्षिक कार्ययोजना (पूर्णपाठ)

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने वार्षिक कार्ययोजना (पूर्णपाठ)


काठमाडौं-सत्तारुढ दल नेकपा एमालेले आगामी निर्वाचनबाट पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना तयार पारेको छ।

२०८४ मा सम्पन्न हुने आम निर्वाचनमार्फत पार्टीलाई बहुमतप्राप्त पहिलो र बलियो शक्ति बनाउने उद्देश्यसहित एक वर्षे कार्ययोजना बनाएको नेकपा एमालेले केन्द्रले बनाएका कार्ययोजनाहरु कार्यान्वयन गर्न सबै तहका पार्टी कमिटीलाई सर्कुलर गरेको छ।

तयार पारेको छ। हालै बसेको सचिवलय बैठकले महासचिव शंकर पोखरेलले तयार पारेको कार्ययाेजना पारित गरेको थियो।

कार्ययोजनामा भनिएको छ, ‘पार्टी सदस्यता नवीकरण, विस्तार तथा अभिलेखीकरण नियमित रूपमा अधिवेशन आयोजना र व्यवस्थापन पार्टीप्रवेश, पार्टी अधिवेशनबाट बाहिरिएका/बिदा भएकाहरूको व्यवस्थापन पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्याङ्कन विधिसम्मत रूपमा पार्टी कमिटीको परिचालन र अन्तरविरोधको व्यवस्थापन स्थायी पार्टी स्कूल सञ्चालन र अभियानका रूपमा पार्टी प्रशिक्षण, सरकार र जनप्रतिनिधिहरूको प्रभावकारी परिचालन।’

एमाले महासचिव शंकर पोखरेलले हस्ताक्षर गरेर भदौ ३१ पार्टी कमिटी र नेता कार्यकर्ताहरूलाई पठाएको १८ बुँदे कार्ययोजनाको १४ नम्बर बुँदामा बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने भनिएको छ।

‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पुरा गर्नका लागि पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्नुपर्दछ। गएको निर्वाचनबाट हाम्रो पार्टी पहिलो पाटी बन्न त सफल भएको छ तर अपेक्षित मात्रामा जनआधार विस्तार गर्न सकेको छैन’, एमालेले भनेको छ, ‘आगामी निर्वाचनमा जनआधार विस्तार गरी त्यसलाई दिगो बनाई निर्णायक तहमा पार्टीलाई पुर्‍याउँनुपर्दछ।’

त्यसका लागि एमाले नेतृत्वको विकासको योजना, स्थानीय तहसम्म जनसङ्गठन सुदृढीकरण विस्तार र नयाँ पुस्तामा पार्टी काम लगायत पाँच वटा विषयलाई प्राथमिकतामा राखेको छ।

नयाँ पुस्तामा पार्टी काम शीर्षक अन्तर्गत एमालेले नयाँ पुस्तामा पार्टी काम पुर्‍याउने र नेतृत्वमा विकासको योजना कार्यान्वयन गर्न प्रदेश कमिटीमा १०, जिल्लामा १५, पालिकामा २० र वडा तथा टोल तहमा ३३ प्रतिशत युवा सहभागिताको नीतिलाई प्रभावकारी ढङ्गले लागु गर्ने जनाएको छ।

साथै प्रत्येक गाउँपालिकाले ५०, नगरपालिकाले १००, उपमहानगरपालिकाले १५० र महानगरपालिकाले २५० युवा पहिचान गर्दै नेतृत्व विकासको प्रशिक्षण प्रदान गर्दै पार्टी काममा जोडेर उनीहरूलाई वैचारिक राजनीतिक प्रशिक्षणका अलावा नेतृत्व विकास र उद्यमशीलताका विषयमा समेत प्रशिक्षित गर्ने एमालेको कार्ययोजना छ।

हेर्नुहोस् निर्णायक राष्ट्रिय शक्ति निर्माणको लागि एमालेको वार्षिक कार्ययोजना-