अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले आर्थिक, सामाजिक विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य हरेक क्षेत्रमा प्रभावकारी भूमिका खेलेको छ: शंकर पोखरेल

एमालेले आर्थिक, सामाजिक विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य हरेक क्षेत्रमा प्रभावकारी भूमिका खेलेको छ: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली समाजलाई पछाडि फर्काउने मनसाय बोकेर केही शक्तिहरू भ्रमको खेतीमा लागेका बताउनुभएको छ।

नेपालको आर्थिक, सामाजिक विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य हरेक क्षेत्रमा एमाले नेतृत्वमा हुँदा निक्कै सुधार भएको

राष्ट्रिय स्वास्थ्यकर्मी नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै नेपाली राजनीतिमा जनताको बलिदानबाट स्थापित लोकतन्त्र र गणतन्त्र माथि नै अनास्था र अविश्वास हुने हिसाबले चर्चा परिचर्चा गर्ने गरेको बताउनुभयो। लोकतन्त्रले केही दिएन, बरु यो भन्दा राजतन्त्र नै ठिक थियो भन्ने हिसाबले समेत प्रचार गर्ने प्रयत्न भएको उहाँले सुनाउनुभयो।

राजावादी र मण्डलेहरूले जे भनिरहेका छन् त्यो सही हो कि होइन भन्ने कुरा व्यावहारिक हिसाबमा हेर्नुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो। ‘लोकतन्त्रले नेपाली समाज परिवर्तनको लागि ठूलो सहयोग गरेको छ, तर त्यो कुरा हामीले जनताको माझमा जुन हिसाबले पुर्‍याउनु पर्ने थियो, त्यस हिसाबले पुर्‍याउन सकेका छैनौँ’, महासचिव पोखरेलले भन्नुभयो।

महासचिव पोखरेलले पञ्चायतको अवधिमा निर्माण भएको अर्थतन्त्रको आकार र अहिलेको अर्थतन्त्रको आकार, नेपालीको विगतको र अहिलेको प्रतिव्यक्ति आय, आर्थिक, सामाजिक विकासलाई तुलना गरेर हेर्न आग्रह गर्नुभयो। तै पनि राजावादी मण्डलेहरूले लोकतन्त्र र गणतन्त्र माथि प्रहार गरिरहेका भन्दै महासचिव पोखरेलले आलोचना गर्नुभयो।

नेपालमा वामपन्थीले सरकारको नेतृत्व गर्दा के कुरा फरक भयो भन्ने कुरा पनि तुलना गरेर हेर्न महासचिव पोखरेलले आग्रह गर्नुभयो। नेपालको आर्थिक, सामाजिक विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य हरेक क्षेत्रमा एमाले नेतृत्वमा हुँदा निक्कै सुधार भएको पोखरेलले बताउनुभयो। ‘नेपाली समाज हिजोको तुलनामा सकारात्मक बाटोमा जाँदै छ’, महासचिव पोखरेलले भन्नुभयो।

नेपालको आर्थिक विकासमा एमालेले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै उहाँले जब एमाले सरकारबाट हट्छ तब देश आर्थिक संकटमा पर्ने गरेको बताउनुभयो। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा हुँदा नेपालले उच्चतम आर्थिक वृद्धिदर हासिल गरेको उहाँले दाबी गर्नुभयो। कोभिड महामारीको समयमा समेत नेपालको अर्थतन्त्रले तुलनात्मक रूपमा कम क्षति बेहोरेको पोखरेलले बताउनुभयो। ‘नेकपा एमालेले आर्थिक, सामाजिक विकासमा सदैव सकारात्मक र प्रभावकारी भूमिका खेलेको छ’, उहाँले भन्नुभयो ।

यति हुँदा हुँदै पनि अहिले एमाले माथि भइरहेको चौतर्फी घेराबन्दी र आक्रमणको कारण के हो भन्ने कुरा बुझ आवश्यक रहेको पोखरेलले बताउनुभयो । राजावादी मण्डले, माओवादी, रास्वपा लगायतले एमाले विरुद्ध सुनियोजित रूपमा आक्रमण गरिरहेका पोखरेलले सुनाउनुभयो । हिजो सत्तामा जानको लागि एमालेका अध्यक्षको निवासमा धाउनेहरू नै आज एमाले विरुद्ध प्रहारमा उत्रिएका उहाँले स्पष्ट पार्नुभयो । ‘हाम्रो पार्टी र हाम्रो नेतृत्व माथि संगठित रूपमा आक्रमण भइरहेको छ, नेकपा एमालेलाई कमजोर पार्दा मात्र आफ्नो भविष्य सुरक्षित हुन्छ भनेर अहिले उनीहरू एमालेलाई कमजोर बनाउने मिसनमा लागेका छन्’, उहाँले भन्नुभयो ।


नेपाललाई आफ्नो क्रिडास्थल बनाउन चाहने अन्तर्राष्ट्रिय शक्तिले पनि एमाले माथि प्रहार गरिरहेका पोखरेलको दाबी छ। ‘एमाले जस्तो देशभक्त पार्टी नेपालमा हुँदैन थियो भने नेपाल अन्तर्राष्ट्रिय क्रिडास्थल बन्थ्यो’, पोखरेलले भन्नुभयो।

पोखरेलले राज्यलाई कमजोर बनाएर देश र नागरिक कहिल्यै पनि बलिया हुन नसक्ने बताउनुभयो । बलियो राज्यले मात्र देश र जनताको सुरक्षा गर्न सक्ने कुरालाई भुल्न नहुने उहाँको धारणा छ ।

पोखरेलले बाहिरको कुरा गरिरहँदा पार्टी भित्रै पनि केही समस्या रहेको बताउनुभयो । पार्टी भित्र पनि अराजकतावाद र अवसरवाद मौलाउँदै गएको धारणा पोखरेलले राख्नु भयो । म भए ठिक अरू भए छाड्दिन भन्ने धारणा पार्टीका नेता कार्यकर्तामा बढ्दै गएको बताउँदै उहाँले यो पार्टी र देशको लागि घातक हुने बताउनुभयो ।

मसिन २०८४ नेकपा एमालेको अबको लक्ष भएको बताउँदै पोखरेलले मिसन २०८४ बाट एमालेले एकल बहुमतको सरकार बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । अब धेरै दल होइन बलिया राजनीतिक दल देशलाई आवश्यक परेको उहाँले स्पष्ट पार्नुभयो ।

अहिले दुईवटा दल मिलेर सरकार चलाइ रहँदा एकल सरकार चलाए जस्तो सहज नभएको उहाँले बताउनुभयो । संयुक्त सरकार चलाउनु पर्दा आफ्ना विचार र दृष्टिकोण पूर्णरुपमा लागु गर्न नसकिने उहाँले स्पष्ट पार्नुभयो ।

प्रचण्डले एमाले कांग्रेससँग छलछाम गरेको कारण दुई ठुला पार्टी मिलेर सरकार बनाउनु परेको उहाँले बताउनुभयो । यसले साना पार्टीको ठुला पार्टी माथिको रजाइँ अन्त्य भएको पोखरेलले स्पष्ट पार्नुभयो । दुई ठुला दलको सरकार बनेपछि देशको आर्थिक क्षेत्रमा उल्लेख्य सुधार भएको उहाँले बताउनुभयो ।

पोखरेलले नेपालको सामाजिक विकासका दृष्टिकोणले स्वास्थ्य क्षेत्र अति महत्त्वपूर्ण क्षेत्र भएको बताउनुभयो । सीमित जनशक्ति र साधन स्रोतका बिचमा पनि नेपालको स्वास्थ्य क्षेत्रले सामाजिक विकासमा पुर्‍याएको योगदान निक्कै महत्त्वपूर्ण भएको उहाँको धारणा छ ।