स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षमध्ये तीन वर्षको कार्यकाल पूरा गरिसकेका छन्। २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनपछि हरेक स्थानीय तहले आफ्नो आफ्नो आफ्नो प्रगति विवरण पनि पेस गर्ने क्रममा छन्। तीन वटा नीति कार्यक्रम र बजेट कार्यान्वयन गरिसकेका उनीहरू अब चौथो वर्षको नीति कार्यक्रम र बजेटको तयारीमा छन्। नेकपा एमालेको तर्फबाट झापाको गौरीगञ्ज गाउँपालिकामा निर्वाचित उपाध्यक्ष पुजन नेउपाने (कुँवर)ले जनप्रतिनिधिका रूपमा तीन वर्षका उपलब्धिलाई यसरी प्रस्तुत गर्नुभएको छ।
झापाको दक्षिणी सिमाना रहेको गौरीगञ्ज गाउँपालिका तुलनात्मक रूपमा विकासमा पछि परेको गाउँपालिका हो। यो गाउँपालिकालाई विकासको मूल मार्गमा हिँडाउन, सामाजिक, शैक्षिक, स्वास्थ्य र अन्य विभिन्न दृष्टिकोणले उन्नत बनाउने जिम्मेवारीका साथ मलाइ उपाध्यक्षको रूपमा निर्वाचित गराउनु भएको तीन वर्ष पुरा भएको छ। तपाईँहरू सबैप्रति तीन वर्ष अघिको ऐतिहासिक दिनको स्मरण गर्दै यस पुनः एक पटक हार्दिक आभार व्यक्त गर्न चाहन्छु। सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको उपहारको रूपमा हामीले स्थानीय सरकार पाएका हौं । स्थानीय सरकार सबल, सक्षम , पारदर्शी र सेवा प्रवाह चुस्त भएमा मात्र लोकतन्त्रप्रति आम जनताको दृष्टिकोण सकारात्मक हुन्छ भन्ने मलाइ जानकारी छ। त्यसै मर्मलाई ख्याल गरेर मैले आफ्नो कर्तव्य निर्वाह गरिरहेकी छु।
निर्वाचनपछिको समयदेखि पालिकाका विविध जिम्मेवारीहरू निष्ठाका साथ वहन गरिरहेकी छु। प्रारम्भमा हेर्दा सबै कुरा सहज लागे पनि व्यवहारमा आएर थुप्रै चुनौतीहरू देखा परेका छन्। कार्यपालिकामा बहुमतको अवस्था, कर्मचारीतन्त्रसँगको समन्वयको अभाव र परस्पर मनोविज्ञान नमिल्दा सेवाभावभन्दा व्यक्तिगत अभिमान हाबी हुने अवस्थाले विकास प्रक्रियामा अवरोध सिर्जना गरिरहेको छ भन्ने मेरो स्पष्ट अनुभूति रहेको छ। तर जनप्रतिनिधिलाई विविध व्यवधान देखाएर जनताबाट टाढिने छुट छैन भन्ने कुरा पनि मलाइ थाहा छ। त्यसैले अनेक प्रतिकुलताका बीचमा पनि जनताका काम गर्ने र परिणाम दिने मेरो प्रयास सधैं जारी रहन्छ। रहेको छ पनि। निर्वाचनपछिको समयदेखि पालिकाका विविध जिम्मेवारीहरू निष्ठाका साथ वहन गरिरहेकी छु। प्रारम्भमा हेर्दा सबै कुरा सहज लागे पनि व्यवहारमा आएर थुप्रै चुनौतीहरू देखा परेका छन्। कार्यपालिकामा बहुमतको अवस्था, कर्मचारीतन्त्रसँगको समन्वयको अभाव र परस्पर मनोविज्ञान नमिल्दा सेवाभाव भन्दा व्यक्तिगत अभिमान हाबी हुने अवस्थाले विकास प्रक्रियामा अवरोध सिर्जना गरिरहेको छ भन्ने मेरो स्पष्ट अनुभूति रहेको छ। तर जनप्रतिनिधिलाई विविध व्यवधान देखाएर जनताबाट टाढिने छुट छैन भन्ने कुरा पनि मलाइ थाहा छ। त्यसैले अनेक प्रतिकुलताका बीचमा पनि जनताका काम गर्ने र परिणाम दिने मेरो प्रयास सधैं जारी रहन्छ। रहेको छ पनि।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा निर्दिष्ट गरिएका जिम्मेवारी, कर्तव्य र अधिकारको सीमाभित्र रहेर अघि बढ्नु मेरो कर्तव्य मात्र नभई बाध्यता पनि हो। यद्यपि, उपाध्यक्ष पद अल्पमतमा रहेको हुँदा, यहाँहरूका आशा, विश्वास तथा चुनावी घोषणापत्रमा उल्लेखित सबै योजनाहरू कार्यान्वयन गर्न कठिनाइहरू आइपरेका छन्। शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता महत्त्वपूर्ण विषयहरूमा निर्णय गर्ने अधिकारप्रति सीमित पहुँचले पनि कार्य सम्पादनमा प्रत्यक्ष असर पारेको छ।
यी सबै प्रतिकूल परिस्थितिका बीच पनि मेरो ऊर्जा, प्रतिबद्धता र समाजप्रतिको उत्तरदायित्वमा कुनै कमी आएको छैन । मैले अहिलेसम्म वहन गरिरहेका जिम्मेवारीमा यहाँहरूको भरोसालाई कायम राख्न सकेको छु भन्ने विश्वास छ।
निरन्तरको कामका चाप, न्यायिक समितिको संयोजकको हैसियत दैनिक सयौं जनतासँग छलफल गर्नुपर्ने,छलफलका क्रममा कहिलेकाहीँ दुर्वाच्य सहनुपर्ने आदि कारणले गर्दा पनि कहिलेकाहीँ मानसिक थकान वा निराशा पनि आउँदो रहेछ। तर मलाइ थाहा छ, तपाईँहरूले मलाई पाँच वर्ष जतिससकै प्रतिकुलता भए पनि गौरीगञ्जबासीको सेवा गर्न विजयको माला पहिराउनु भएको हो। त्यसैले म मेरो कर्म र दायित्वबाट भाग्ने वा पन्छिने कुरा कल्पना पनि गर्न सक्दिन। बरु मलाई काम गर्ने हौसला प्रदान गर्न यहाँहरूले अझ बढी खबरदारी गरिरहनु हुनेछ भन्ने मेरो अटल विश्वास छ।
मैले तीनवर्षको कार्यकालमा गरेका मुख्य मुख्य उपलब्धीलाई यसी पेश गरेकी छु।
१. न्यायिक समितिको संयोजकको हैसियतमा तीन सय भन्दा बढी विवाद समाधान
२. राजस्वको दर भन्दा दायरा खोजी गरी राजस्व वृद्धि १ करोड ७ लाख बाट ३ करोड पुर्याएको
३. १० जना भन्दा बढी सडक मानव उद्धार
४. न्यायिक समिति सशक्तीकरण परियोजना अन्तरगत उत्कृष्ट ३५ पालिकामा छनौट
५. महिलालाई वैकल्पिक रोजगारीको रूपमा नौमती बाजा महिला समूह उत्पादन
६. घरमै बसेर पनि आर्य आजर्न गर्न सकिने हिसाबले १०० भन्दा बढी महिलालाई आयमूलक सिपमा सिकाइको
७. बेरुजु रकमलाई १.५२ प्रतिशतमा झारेर झापाका १५ पालिका मध्ये तेस्रो स्थान प्राप्त गर्न सफल
८. सम्माननीय प्रधानमन्त्री, मुख्यमन्त्री लगायतको निर्वाचन क्षेत्र पनि भएकोले राष्ट्रिय तथा प्रदेश स्तरमा नयाँ योजनाका लागि निरन्तर लबिङ गरेर करोडौंका योजना ल्याउन सफल
९. ४० जना भन्दा बढी हिंसा पीडित महिलालाई अदालत अवलोकन भ्रमण, समस्या समाध गरी स्वरोजगार बनाउने कार्यको निरन्तरता
१०. महत्वपूर्ण कार्यविधी खेलकुद विकास समिति, टोल विकास समिति, महिला संजाल लगायत दर्जनौं कार्यविधी निर्माण
११. गौरीगञ्ज गाउँपालिका भित्रका विधालयमा इ-हाजिरी, स्काउट शिक्षा, बालमैत्री पालिका निर्माणको थालनी
१२. सहकारीलाई पालिकामा आबद्धता
१३. अपांगता पुनःस्थापन कार्यक्रम मार्फत अपाङ्गताका हरेक क्षेत्रमा कार्य भै रहेको
१४. लेखा प्रणालीलाई पारदर्शी बनाउन बैकिङ प्रणाली मार्फत् रकम भुक्तानी, शुत्र प्रणाली मार्फत लेखा व्यवस्थापन
१५. योजना बारेमा सम्पूर्ण उपभोक्तालाई जानकारी र निरन्तर अनुगमन
१६. विशेषज्ञ सेवासहित २४ घन्टे आधारभूत अस्पताल सन्चालन सेवा विस्तार
१७. गाउँपालिकाका ५ वटै वडामा प्राथमिक उपचार केन्द्र स्थापना संचालन सेवा विस्तार
१८. गाउँगौरवका आयोजना अन्तरगत ६ वटै वडामा ५०-५० लाखका विकास निर्माण कार्यको निरन्तरता
१९. सुविधा सम्पन्न इजलास निर्माण गरी प्रत्येक आइतबार, सोमबार, मंगलबार न्यायीक गतिविधि साथै आवश्यक परेमा बखत जनताका आगनमा पुग्ने गरेको
२०. कृषि तर्फ आर्गनिक मल बनाउने कार्यक्रम थालनी, कृषि औजार अनुदान, खेत खेतमा बिधुत पोल विस्तार कार्य निरन्तरता।
मेरो कार्यकाल अब दुई वर्ष बाँकी छ। अघिल्ला तीन वर्षलाई कामको थानली र जग बसाउने समयका रुपमा लिएर यी दुईवर्ष काम सम्पन्न गर्ने वर्षका रुपमा लिनेछु। मेरो प्राथमिकता अब थालेका काम पुरा गर्नुमा केन्द्रित हुनेछ। जसले गर्दा म उपाध्यक्षको रुपमा विदाइ हुँदै गर्दा गर्वका साथ मैले यति काम गरें भनेर भन्न सकुँ।
अन्त्यमा हामी राजनीतिकर्मीले सधैं जनताका बीचमा जानु पर्दछ। हामीले दैनिक रुपमा जनताबाट ताली र गाली पनि खानुपर्दछ। मेरा लागि यी दुवै प्रेरणा र उर्जाका स्रोत हुन्। हामीले गरेको कामको मूल्यांकन जनताहरुले हरेक आवधिक निर्वाचनमा गर्नुहुन्छ। त्यसैले मलाई उपाध्यक्षका रुपमा पठाउने पार्टी नेकपा एमालेप्रतिको धारणा सकारात्मक बनाउने जिम्मेवारी पनि मेरै काँधमा छ। हामीजस्ता जनप्रतिनिधीको ब्यबहार र कार्यशैलीले नै आफू सम्बद्ध राजनीतिक दलप्रति समाजको दृष्टिकोण पनि बन्ने हो। गाउँपालिकालाई अझ समृद्ध र विकसित बनाउन यहाँहरुको सृजनात्मक सहयोग र स्वास्थ्य आलोचनाको पनि अपेक्षा गर्दछु।
प्रतिक्रिया