अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक

एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक


काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ। पार्टी महासचिव शङ्कर पोखरेलले बैठक बोलाउनुभएको बैठकमा पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी हुने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताउनुभयो।

बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा हुने जानकारी उहाँले दिनुभयो। बैठकमा जलजन्य विपद्का कारण देशका केही भागमा उत्पन्न विषम परिस्थितिमा उद्धार तथा राहतका गतिविधिमा पार्टी कार्यकर्ता परिचालन तथा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्नेलगायत विषयमा छलफल हुने जनाइएको छ।