अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोलिदेखि बीपी राजमार्ग सञ्चालनमा आउँछ: प्रधानमन्त्री ओली

भोलिदेखि बीपी राजमार्ग सञ्चालनमा आउँछ: प्रधानमन्त्री ओली


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) बिहानदेखि बीपी राजमार्ग सञ्चालनमा आउने बताउनु भएको छ। भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग भएको टेलिफोन कुराकानी उद्धृत गर्दै प्रधानमन्त्री ओलीले सो कुरा जानकारी दिनुभएको हो।

प्रधानमन्त्री ओलीले भोलि बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने बताउनु भयाे। सडक मर्मत गर्ने प्राविधिक टोली सहित रोशी गाउँपालिका-९ को दाउने भन्ने ठाउँमा भएको समेत उहाँले जानकारी दिनुभयो।

प्रधानमन्त्री ओलीले सडक सडक खुलाउन अहोरात्र खटिएका प्राविधिक सहित सम्पूर्ण टिमलाई धन्यवाद दिनुभएको छ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘बीपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनु भएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केही बेर अघि टेलिफोनमा कुरा भयो। उहाँ सडक मर्मत गर्ने प्राविधिक टोली सहित रोशी गाउँपालिका-९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ। उहाँका अनुसार भोलि बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने छ। आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ। भोलि राजमार्ग खुलेपछि मात्र दसैँ मान्ने बताउनु भयो। सडक खुलाउन अहोरात्र लाग्नु भएका प्राविधिक सहित सम्पूर्ण टिमलाई धन्यवाद !’

रोशी खोला र सुनकोशी नदीमा आएको बाढीले काभ्रेको चौकीडाँडा, सुनकोशी गाउँपालिका-७ कानढुङ्ग्री, वडा नम्बर १ को नेपालथोक, आँपघारी, भ्याकुरेखोला, बर्खेखोला, घ्याम्पेखोला लगायतका दर्जनौँ स्थानमा बाढी र पहिरोले राजमार्गलाई क्षतविक्षत बनाएको थियो। नेपालथोकसम्म विभिन्न ठाउँमा सडक क्षतविक्षत् भएको थियो। बीपी राजमार्गको नेपालथोक-खुर्कोट सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेर, केही ठाउँमा सुनकोसी नदीले कटान गरेर र कतै सडक भासिएर यातायात ठप्प भएको थियो ।