अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुबाको हातबाट दशैंको टीका ग्रहण गर्नुहुँदै प्रधानमन्त्री ओली

बुबाको हातबाट दशैंको टीका ग्रहण गर्नुहुँदै प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँको शुभ साइतमा टीका ग्रहण गर्नुभएको छ।
पञ्चाङ्ग निर्णायक समितिले तय गरेको शनिबार बिहान ११ः३६ बजेको उत्तम साइतमा प्रधानमन्त्री ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट टीका तथा जमरा ग्रहण गर्नुभएको हो।

बडादशैँको अवसरमा देश, विदेशमा रहेका नेपालीले आज साइतमा टीका लगाएका छन्। अज आफैँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा।श्रीकृष्ण अधिकारीले बताउनुभयो ।

आज गुरु पुरोहित, पिता-माता लगायतका मान्यजन तथा ठुलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी आसिरवाद लिने प्रचलन छ। आजदेखि पूर्णिमासम्म मान्यजनबाट टीका लगाउने गरिन्छ।

प्रधानमन्त्री ओलीले यस पटकको दसैँमा सर्वसाधारणलाई टीका र जमरा नलगाइदिने बताउनु भएको छ।