अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कानून बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी

कानून बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी


काठमाडौं-महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर सुडीले कानुन बनाएर मात्रै महिला हिंसा न्यूनीकरण नहुने बताउनुभएको छ। हिंसा न्यूनीकरणका लागि समाजमा समानताको भावना जागृत गर्न आवश्यक रहेको उहाँले बताउनुभयो। 

लैङ्गिकहिंसा विरुद्धको १६ दिने अभियानको आज उद्घाटन गर्दै मन्त्री सुडीले सकारात्मक सोच र समानताको मनोभाव जागृत गर्नुपर्ने धारणा राख्नुभयो। यो भावना निरन्तर अभियानबाटै सम्भव हुने उहाँको भनाइ छ। राष्ट्रिय महिला आयोगले यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री सुडीले अधिकार सम्पन्न महिला बनाउनु भनेको देशको विकास र समृद्धिको मार्ग खोल्नु हो भन्नुभयो। उहाँले भन्नुभयो, ‘महिलामाथि हुने सबै प्रकारका हिंसा न्यूनीकरण गर्न सरकारदेखि जनतासम्मको सक्रिय सहभागिता हुनुपर्छ।’

आयोगका अध्यक्ष कमला पराजुलीले लैङ्गिकहिंसा विरुद्धको अभियानमार्फत समाजमा विभेद गर्न हुन्न भन्ने अप्रत्यक्ष जनचेतना फैलाउन मद्दत पुग्ने बताउनुभयो। विगतभन्दा महिलामाथिका हिंसाको प्रकृति र स्वरुपमा परिवर्तन भएको बताउँदै उहाँले महिला आफन्तबाटै असुरक्षित रहेको जानकारी दिनुभयो। कार्यक्रममा योग गुरु रमेश नेपालले हिंसात्मक कुनै पनि गतिविधि गर्नु भनेको विकृत मानसिकताको परिणाम भएको बताउँदै ध्यान र योगाबाट यस्तो खराब आचरण निर्मुल गर्न सकिने सुझाव दिनुभयो। लैङ्गिकहिंसाको अवस्थाबारे अधिकारकर्मीसँग छलफल गरिएको थियो।