अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धको चेतावनी: सडकबाट व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य हुँदैन

सत्ता गठबन्धको चेतावनी: सडकबाट व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य हुँदैन


काठमाडौं-सत्ता गठबन्धनका शीर्ष नेताहरूले सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य नहुने निष्कर्ष निकालेका छन्। सात राजनीतिक दलले लोकतन्त्रको विकल्प अझ उन्नतस्तरको लोकतन्त्र भएको भन्दै सरकारको विकल्प खोज्ने बाटो संसद् र नयाँ जनादेश मात्र हुनसक्ने बताएका छन् 

आज (शुक्रबार) सात बुँदे संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले अराजकतालाई प्रोत्साहन गर्ने, राजनीतिक अस्थिरतालाई बल पुर्‍याउने अवाञ्छित गतिविधि उचित नभएको बताएका छन्। 

‘…सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन।लोकतन्त्रको विकल्प अझ उन्नतस्तरको लोकतन्त्र हो र सरकारको विकल्प खोज्ने बाटो संसद् र नयाँ जनादेश नै हो’, वक्तव्यमा भनिएको छ । त्यो भन्दा भिन्न तरिकाबाट अघि बढ्ने प्रयास लोकतन्त्रको मूल्य र मान्यताविपरीत भन्दै सचेत रहन ध्यानाकर्षण पनि गराएका छन् ।

सात दलले भिन्न तरिकाबाट अघि बढ्ने प्रयास लोकतन्त्रको मूल्य र मान्यता विपरीत हुने समेत स्पष्ट पारेका छन् ।

नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीले संयुक्त वक्तव्य जारी गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारूढ सात दलका शीर्ष नेताहरूले मुलुकमा विद्यमान संकट र चुनौतीलाई सामना गर्दै लोकतान्त्रिक भविष्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित सरकारलाई थप प्रभावकारी बनाउने पनि प्रतिबद्धता जनाएका छन्।

वक्तव्यमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपाकी सहअध्यक्ष रेणु यादव, जनमतका अध्यक्ष सिके राउत, जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हस्ताक्षर गरेका छन्।