अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जोकोहीलाई कारवाही हुनुपर्छ: ईश्वर पोखरेल

भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जोकोहीलाई कारवाही हुनुपर्छ: ईश्वर पोखरेल


काठमाडौं-नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जोकोहीलाई कानुन र विधिसम्मत ढंगले कारवाही हुनुपर्ने बताउनु भएको छ।

एमाले ३१ नंवर वडा कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका बोल्दै पोखरेलले साे कुरा बताउनु भएको हाे । उहाँले अनियमितता गर्ने जोकोहीलाई छुट नहुने र कारवाही गनुपर्छ भन्नेमा एमाले दृढ रहेको बताउनु भयो।

उहाँले सामाजिक सद्भाव फैलाउने कोशिष भइरहेको भन्दै देशमा अराजकता फैलाउने र सद्भाव खलबलाउने छुट कसैलाई नभएको धारणा राख्नु भयो। सहकारी प्रकरणमा संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्दा भेदभाव भएको आरोप लगाउने गरेको उल्लेख गर्दै पोखरेलले कांग्रेस र एमालेका नेताहरुमाथि पनि प्रश्न उठे अनुसन्धानको दायरामा आउने स्पष्ट पार्नुभयो।

पोखरेलले चाडपर्वहरू सामाजिक सद्भावका आधार रहेको उल्लेख गर्दै यस्ता चाडपर्वले सामाजिक सद्भाव र एकतालाई मजवुद बनाउने जिकिर गर्नुभयो।