अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भौतिमन्त्री दाहालद्वारा यातायात विभागको आकस्मिक अनुगमन

भौतिमन्त्री दाहालद्वारा यातायात विभागको आकस्मिक अनुगमन


काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मंगलबार यातायात व्यवस्था विभागमा आकस्मिक अनुमगन गर्नु भएको छ।

मन्त्रालयका सचिव केशवकुमार शर्मा सहित मन्त्री दाहाल अपह्रान्ह अनुगमनका लागि मिनभवन स्थित विभागको कार्यालय पुग्नु भएको हो। त्यस क्रममा उहाँले सेवाग्राहीहरुसँग समेत संवाद गरी विभागबाट प्रवाह भइरहेको सेवाका बारेमा जानकारी लिनुभयो।

सेवाग्राहीहरुले छिटो छरितो सेवा प्रवाहको वातावरण बनाई दिन आग्रह गरेका थिए। सेवाग्राहीसँग कुराकानी पछि उहाँले लाइन नलागी सेवा लिने व्यवस्था मिलाउन विभागलाई निर्देशन दिनुभयो । टोकन प्रणाली लागु गरी सेवा लिने प्रवन्ध गर्न उहाँले निर्देशन दिनुभयो।

यसैगरी मन्त्री दाहालले डिजिटल सवारी चालक अनुमति पत्र र ईम्बोष्ड नम्बर छपाईका बारेमा पनि जानकारी लिनु भयो। विभागका महानिर्देशक राजिव पोखरेलले हाल दैनिक ४ हजारका दरले चालक अनुमति पत्र छपाई भई रहेको जानकारी दिनुभयो। प्रदेश स्तरबाट समेत छपाई शुरु भएकाले विभागमा चाप केहि घटे पनि डिजिटल कार्ड छपाईलाई चुस्त र नियमित बनाईएको उहाँको भनाई थियो।

ईम्बोष्ड नम्बर जडानलाई थप तिव्र र व्यवस्थित पारिने भन्दै पोखरेलले विद्युतीय सवारी दर्ता प्रणालीलाई देशैभरि कार्यान्वयन गरिने बताउनुभयो । यस्तै नयाँ सडकहरुमा थप रुट निर्धारणका लागि अध्ययन भई रहेको विभागले जनाएको छ।